मजदुरका सन्तानका लागि छुट्टै कक्षा

भक्तपुर, २९ मंसिर । Mybhaktapur.com  इँटा बनाउने समय सुरु भएपछि इँटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी फैढोका निमाविले विशेष पढाइ सुरु गरेको छ । पढाइ सञ्चालन गर्न गतवर्षबाट फैढोका निमाविमा तीन कोठे भवन निर्माण सकिएपछि यो वर्षबाट पढाई सुरु गरेको हो ।

विद्यालयका प्रिन्सिपल महावीर अमात्यले मजदुरका सन्तानका लागि छुट्टै पढाई सुरु भएपछि ५ वर्षदेखि १४ वर्षसम्मका एकसय जना विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको जानकारी दिनुभयो । जदुरका छोराछोरीका लागि मात्र छुट्टै कक्षाको व्यवस्थापन गरी ४ जना सहयोगी कार्यकर्तामार्फत कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
उपत्यका तथा उपत्यका बाहिरका विभिन्न ठाउँबाट इँटा उद्योगमा मजदुर बाबुआमासँगै आउने छोराछोरीहरुलाई शिक्षित पार्ने उद्देश्यले विद्यालयको पहलमा भवन निर्माण भएको थियो । छुट्टै भवन निर्माण भएपछि यो वर्षबाट मजदुरका छोराछोरीलाई छुट्टै कक्षा संचालन गरेपछि यस्ता बालबालिका लाभान्वित भएका छन् । 
 
‘बालबालिकाको लागि मानवतावादी ट्रस्ट नेपाल (एचटीसी)’को आर्थिक सहयोग र ताथली गाविसमा संचालित श्री सरस्वती फिक्स इँटा उद्योग, माझी भैरब इँटा उद्योगलगायतको सहयोग मजदुरका छोराछोरी पढाउने भवन निर्माण भएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 


Warning: Unknown: open(/var/cpanel/php/sessions/ea-php56/sess_asep80vvm95sjbhflb700kjrk7, O_RDWR) failed: Disk quota exceeded (122) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56) in Unknown on line 0