राष्ट्रिय विद्यालय स्तरीय आमन्त्रित कबडी प्रतियोगिता सुरु

भक्तपुर, २८ मंसिर । Mybhaktapur.com नेपाल विद्यालय कबडी संघले भक्तपुरमा आयोजना गरेको प्रथम राष्ट्रिय विद्यालय स्तरीय आमन्त्रित कबडी प्रतियोगिता आजबाट सुरु भएको छ । 

सहिद स्मृति खेल मैदान भक्तपुरमा भएको प्रतियोगिताको आज युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उद्घाटन गर्दै नेपालमा खेलकूदको विकास हुदै गएको बताउँनुभयो । पुरानो र परम्परागत खेलको रुपमा स्थापित भएको कबडी प्रतियोगिताको विकास गर्नु जरुरी रहेको बताउँदै उहाँले देशव्यापी रुपमा यो खेललाई विस्तार गर्नुपर्ने औल्याउनुभयो । प्रतियोगिताको उद्घाटनसत्रको पहिलो खेलमा भक्तपुरको ख्वप्रिङ्ग ईङ्लिस स्कूलले काठमाण्डौको स्पाईण्डल ईङ्लिस स्कूललाई ७४—१९ को अन्तरले पराजित गर्दै दोश्रो राउण्डमा प्रवेश गरेको छ । 

काठमाण्डौ, भक्तपुर, बारा, कास्की र कैलाली गरि पाँच जिल्लाका ८ विद्यालयको १० समूहको सहभागिता रहेको प्रतियोगिता ३० गते आईतबार सम्पन्न हुनेछ । प्रतियोगितामा भक्तपुरको ख्वप्रिङ्ग ईङ्लिस स्कूल, पारागन ईङ्लिस स्कूल, माउण्ट एभरेष्ट स्कूल, काठमाण्डौको स्पाईण्डल ईङ्लिस स्कूल, बाराको शुक्रराज बलभद्र स्कूल, कास्की पोखराको दीपज्योति मावि, कैलालीको ठेगराज मावि र सरस्वती माविको सहभागिता रहेको छ ।  आज भएको उद्घाटन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष निमा लामा, संघका भक्तपुर अध्यक्ष श्रीकृष्ण केसी लगायतले कबडीको महत्वमाथि प्रकाश पार्नु भएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *