आदर्शज्योति (एजे)मा स्काउट क्याम्प

भक्तपुर, २८ मंसिर । Mybhaktapur.com सुर्यविनायक पाण्डुबजारस्थित आदर्शज्योति सेकेण्डरी स्कुल स्थापनाको रजत महोत्सवको अवसरमा आदर्शज्योति स्काउट ट्रूपको आयोजनामा दुईरात तीनदिने स्काउट क्याम्प शुरु भएको छ । 
 
काठमाण्डौ र भक्तपुरका गरि १० वटा स्कुलका १ सय ८० स्काउटको सहभागिता रहेको सो क्याम्पको भक्तपुर जिल्ला स्काउटका कार्यवाहक जिल्ला आयुक्त अच्यूत प्रजापतिले उद्घाटन गर्नुभयो । स्काउटर रोशन गोसाई क्याम्प चिफ रहेको सो क्याम्पमा आयोजक आदर्श ज्योति स्कूल, कस्मिक स्काउट ट्रुप कोटेश्वर, गेटवे एकेडेमी, गोठाटार स्कुल, ब्रिजवाटर स्कुल, सुर्यदिप स्कुल, युनिक स्कुल, कम्युनिकेटिभ स्कूल र हिमाल स्कूलका स्काउटहरुको सहभागिता छ ।  सहभागी विद्यार्थीहरुलाई सुर्यविनायकस्थित सुवर्णेश्वर मन्दिर रहेको जंगलमा स्काउटका विभिन्न साहसिक, मनोरञ्जनात्मक र ज्ञानवद्र्धक क्रियाकलापको प्रशिक्षण समेत दिइएको थियो ।  स्काउट क्याम्प उद्घाटनको सभापतित्व आयोजक एजे स्कुलका प्रिन्सिपल रामप्रसाद कुस्माले गर्नुभएको थियो भने पत्रकार एवंम स्काउटर बलराम प्यासी तथा स्काउटर राजेश गाइजुले पनि बोल्नुभएको थियो । 
 

  • You may also like

    1. Picture: धर्मको नाममा रगतको खोलो

      धर्मको नाममा रगतको खोलो

      ...

    2. नगरकोटको एक होटलमा दुई पर्यटक मृत फेला

      भक्तपुर, मंसिर २८ – भक्तपुरको नगरकोटमा रहेको होटल भ्यू प्वाइन्टमा दुई चिनियाँ पुरुष पर्यटक मृत... More →

Leave a Reply

Your email address will not be published. Required fields are marked *