भक्तपुर, २५ साउन । Mybhaktapur.com आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने गाइजात्रा पर्व आज सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरि सुरु भएको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको हो । गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो ।
जात्रा समापनका क्रममा आज घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो भने भैरब मन्दिरहरुमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाहरुले टोल टोल घुमेर बत्ति समेत दिएका थिए ।
गाईजात्रा महिलाहरु हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी गएर सम्पन्न भएको थियो । आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई तलेजुको जात्रा गरेपछि गाइजात्रा सम्पन्न भएको थियो ।