छिटो भन्दा छिटो राजनीतिक सहमति गरेर मुलुकको समस्या समाधान गरौं—एमाले नेता एवं पूर्वप्रधानमन्त्री नेपाल

भक्तपुर २५ साउन । Mybhaktapur.com नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकूमार नेपालले छिटो भन्दा छिटो राजनीतिक सहमति गरेर मुलुकको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ । पेप्सीकोला टाउन प्लानिङ्गमा आजबाट संचालनमा आएको निज इन्भेष्टमेन्टको आज उद्घाटन गर्दै उहाँले राजनीतिक सहमतिबाटै संविधान जारी गर्ने र निर्वाचन गरेर नयाँ जनादेशमा जाने कार्यलाई अगाडि बढाउनु पर्ने बताउनु भएको हो ।

देशमा संबैधानिक शून्यता पैदा हुदै गएको, संबैधानिक निकायहरु पदाधिकारी विहिन हुदै गएको अबस्थामा एनेकपा माओवादीले सहमतिलाई लत्याएर लोकतन्त्रको मूल्य मान्यता विपरित एक दलीय र निरंकुश शासन चलाउन खोजेकोले मुलुक संकटमा पर्दै गएको उहाँले आरोप लगाउनुभयो ।  नेताहरुले जनताको समस्या भन्दा पनि कुर्सी र सत्तामा मात्र केन्द्रीत भएकाले मुलुक आर्थिक संकटमा समेत फस्दै गएको चर्चा गर्दै उहाँले वर्तमान समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता नछाडे कै कारण देशले निकास नपाएको जिकिर गर्नुभयो ।
 
कुर्सीका लागि मात्र नभई देश र जनताको विकासका लागि दलका नेताहरु बिच आर्थिक विकासको एजेण्डा नै बनाएर बृहत छलफल गर्नुपर्ने औल्याउदै नेपालले जनताको मुहार फेर्न सत्ता मोहमा मात्र नलागी आर्थिक क्रियाकलाप संचालनमा गति दिनुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा एमाले स्थायी समिति सदस्य एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालमा पूजीँ भएपनि सरकारले लगानीको वातावरण र  सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण आर्थिक उन्नती हुन नसकेको बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक सरोजशरन शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले नेपालमा लगानीको सुरक्षा भए लगानी बढ्ने र रोजगार तथा आर्थिक विकासको अवसर बढ्ने बताएका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>