मुम्बई, साउन २३ (एजेन्सी) – विद्या वालनको चर्चित फिल्म डर्टी पिक्चर अब टेलिभिजनमा आउने भएको छ। अस्लिल भएको भन्दै चार महिनाअघि डर्टी पिक्चर मध्यरातपछिमात्र प्रसारण गर्न पाउने अनुमति सरकारले दिएको थियो। नेसनल अवार्ड जितेको फिल्मलाई टेलिभिजनको प्राइम टाइममा प्रसारण गर्न नदिएपछि बलिउड गर्माएको थियो। फिल्मका केही अंश कटाएर प्राइम टाइममा यो फिल्म हेर्न पाइने भएको हो।
विद्या वालन र बालाजी फिल्म दुबैलाई यसले राहत दिएको छ। महँगो मूल्यमा स्याटलाइट शूल्क पाएपनि फिल्म अनएयर नभएपछि उनीहरु तनावमा थिए। ४ महिनापछि त्यो तनाव हट्ने भएको हो। फिल्म २० दिनपछि सोनी च्यानलमा हेर्न पाइनेछ। २६ तारिकका दिन मध्यान्न १२ बजे त्यही साँझ ८:३० म डर्टी पिक्चर सोनी टेलिभिजनबाट प्रसारण हुनेछ। बालाजी फिल्मका प्रमुख कार्यकारी तनुज गर्गले ट्विट गर्दै अन एयर हुने समयको खुलासा गरेका हुन्। सिनेमा हलमा हेर्नेले भन्दा टेलिभिजनमा हेर्नेले ११ मिनेट कम फिल्म हेर्न पाउनेछन्।
नागरिक
