भक्तपुर, २१ साउन । Mybhaktapur.com भक्तपुरमा आज सूर्यविनायक गणेशजात्रा टोलटोलमा मनाइएको छ । भक्तपुरको सूर्यविनायक मन्दिरबाट निकालिएको जात्रा नगरको विभिन्न टोलमा परिक्रमा गरी पूजा एवम् दर्शन समेत गरिएको छ । वर्षमा एकपटक गाईजात्राको पर्सिपल्ट गरिने सूर्यविनायक गणेशजात्रामा टोलमा गणेशलाई परिक्रमा गराउँदा टोलको रक्षा हुने जनविश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । परिक्रमपछि गणेशलाई सूर्यविनायक मन्दिरमै विराजमान गराइ जात्रा सम्पन्न गरिएको छ ।