भक्तपुरमा भैरवजात्रा मनाईयो

भक्तपुर, २२ साउन । Mybhaktapur.com गाईजात्रको चौथो दिन आज भक्तपुरमा वालन्द भैरवजात्रा मनाएको छ । तौमढीस्थित भैरव मन्दिरबाट सुरु भएको जात्रा आज नगरको विभिन्न टोल परिक्रमा गरी पूजा एवम् बलिसाथ जात्रा मनाइएको हो । भैरवलाई परिक्रमा गराउँदा विभिन्न टोलमा हुने १३ वटा मठमा बोकाको बलि दिई विशेष पूजा गर्नुपर्ने परम्परा रहको स्थानीय संस्कृतकर्मी ओम धौभडेलले बताउनुभयो । जात्रा संचालनमा आर्थिक अभाव भएपछि हाल एउटा मठमा मात्र बलि दिन थालिएको उहाँले बताउनुभयो । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>