नेपाली युवकलाई अमेरिकामा ‘सोल्जर अफ दि इयर’ अवार्ड

 साउन २२- अमेरिकी सेनाको स्पेसल अपरेसन्स कमान्डले वर्षका उत्कृष्ट सैनिकलाई प्रदान गर्ने सोल्जर अफ दि इयर अवार्ड नेपाली युवक सरलकुमार श्रेष्ठले पाएका छन्। यो कमान्डलाई अमेरिकाले शान्तिकालमा, द्वन्द्वकालमा र युद्धकालमा गरी सबै समयमा परिचालन गर्ने गर्छ। सरल  अमेरिकी सेनाको स्पेसल फोर्सेज कमान्ड (एअरबोर्न) मा कार्यरत छन्। उनका पिता डा. रमेशकुमार श्रेष्ठ काठमाडौँको नक्सालमा बस्ने सरलका भाइ श्याम श्रेष्ठले बताए। 

कमान्डको मुख्यालयमा गत साता आयोजित समारोहमा उनलाई सोल्जर अफ दि इयर घोषणा गरिएको हो। फोर्सका सात वटा सबओर्डिनेट कमान्डहरुका प्रतिनिधिहरुमध्येबाट शारीरिक तन्दुरुस्ती परीक्षण, लडाकूपन, जमिनमा परिचालन हुने क्षमता जस्ता विविध विषयका आधारमा कमान्डका सर्जेन्ट मेजरहरुको प्यानलले उत्कृष्ट सैनिक छनौट गरेका हुन्। 

सोल्जर अफ दि इयर घोषित सरलले अब अक्टोबरमा हुने 'बेस्ट वारियर' अवार्डक लागि प्रतिस्पर्धा गर्नेछन्। 

 (नागरिक)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>