चारदिनसम्म चल्ने बोडेमा प्रसिद्ध निलबाराही नाच धुमधामले मनाउदै

भक्तपुर, २२ साउन । Mybhaktapur.com मध्यपुरठिमीको बोडेमा प्रत्येक वर्षको भाद्र द्धितिया देखि पञ्चमीसम्म मनाइने निलबाराही नाच यसवर्ष पनि स्थानीयवासीले धुमधामका साथ मनाएका छन् । तीनदिन चार रात सम्म मनाइने उक्त नाच मंगलबारसम्म थिमिको बोडेमा चल्नेछ ।  देवता नाच्ने देवगणहरूले नाच अवधिभर बोल्न नहुने, भुइँमा बस्न, छाता ओढ्न, दिसापिसाब गर्न हुँदैन । यस्तो प्रक्रिया दैनिक १०÷१४ घन्टासम्म सहनुपर्ने नाचका गुरु कान्छा बालाले बताउनुभयो । 

परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास रहेको छ । नीलबाराही नचाइने नाचमा १९ जना देवता हुने नीलबाराही गण हुन्छन् । देवतामा भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्वारपाल २ र गणेश ४ जना हुन्छन् ।  लामो समयदेखि नाचमा ३ जना मात्र कुमारी नचाउँदै आएकोमा यसैवर्ष देखि ४ जना कुमारीलाई समेत नचाइएको छ ।यहाँ बिहानीपख भएपछि देवगणलाई पूजा गर्न घुइँचो लाग्ने गर्दछ । जात्रा पहिलो र दोस्रो दिन राति सुरु भएर बिहान सकिन्छ भने तेस्रो दिन बिहान सुरु हुन्छ । नाच देवता घरबाट निकालिन्छ ।
 
नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी हुने गर्दछ । नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभाउनु हुँदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने र वान्ता आउँछ भन्ने कथन छ । जात्रामा काटमार गर्नु हँुदैन । यस नाचमा सहभागी देवगणले आप्mनै खर्चमा नाच देखाउनुपरेको बालाले बताए ।  नाच देवताघरबाट निस्केर लाछिटोल, लायकु, विष्णुघाट भाँगुटोल हँुदै खाँसीटोलमा देखाइन्छ । यो प्रक्रिया तीन दिन चार रातसम्म हुन्छ । यो नाच वोडे क्षेत्रको जिव्रो छेड्ने जात्रा पछिको ठूलो नाचको रूपमा लिने गरिन्छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>