Sunday, August 5, 2012 11:53 pm,
Posted by mybhaktapur
| Politics
भक्तपुर, २१ साउन । Mybhaktapur.com बिभिन्न दलका युवुा सगठनहरुले बर्तमान डा. बाबुराम भट्टाराईको सरकार बर्हिगमन नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताएका छन् । रफ्त संचार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रमा युवा नेताहरुले वर्तमान सरकारको ब्रम्हलुट गर्न लागि परेका आरोप लगाउदै सरकारको बर्हिगमन नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले सरकारको विरोधमा सुरु भएको युवाहरुको आन्दोलनले आधीबेहरी सिर्जना गरी सरकारलाई सत्ताच्यूत गर्ने बताउनु भयो । युवा सगठनले गरेको आन्दोलनलाई प्रधानमन्त्री भट्टराई हटाएरै छोड्ने जिकिर गर्दै उहाँले बर्तमान सरकार भष्टचारको आलमा डुबिसकेको आरोप लगाउनुभयो ।
युवा सगठनले गरेको आन्दोलनमा विद्यार्थीहरुले पनि ऐक्यबद्धता जनाउने क्रम जारी रहेको बताउदै उहाँले भन्नुभयो—‘आन्दोलनको मुख्य लक्ष्य नै सरकार परिवर्तन गरि जनजिवीकालाई सहज बनाउने नै हो ।’ त्यसैगरी नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले प्रधानमन्त्री भट्टराई अध्यादेशको भरमा आजिवन प्रधानमन्त्री बन्ने रहर जगाएका कारण आफुहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो । यसैगरी नेपाल क्रान्त्रिकारी युवा संघका अध्यक्ष उकेश कवाले यो आन्दोलनमा कार्यकर्ता मात्र समाबेश भएको बताउदै उनले भने जबसम्म आमजनता आन्दोलनमा उत्रदैनन तब सम्म सरकारले घुडा नटेक्ने बताउनुभयो ।
यसका लागि युवाहरुले विगतका गल्तीहरु सच्चाउनु पर्ने बताउदै अध्यक्ष कवाले भन्नुभयो विगतमा दलहरुले सरकार मोह देखाएका कारण जनता आन्दोलनमा उत्रेका हुन् तर अब आन्दोलनको आधिबेहरी सृजना हुन्छ । मधेशी युवा फोरमका अध्यक्ष योगन्द्रराय यादवले प्रधानमन्त्रीले संविधान जारी नगरी सविधानसभा भंग गर्ने र आफैले घोषणा गरेको चुनाव समयमै गर्न नसक्ने सरकारले नैतिकताको आधारमा पनि सरकार बस्न नहुने तर्क राख्नुभयो । उहाँले केही नक्कली मधेशबासी दलहरुले नक्कली खोल ओढेर मधेशलाई ठगेको आरोप लगाउदै उहाँले भने तिनलाई मधेशका जनताले ठेगान लगाउने छन् ।