भक्तपुर ९ साउन(Mybhaktapur.com) । जिल्लाको सुडाल गाविस जाने एक मात्र सडकको पुल निर्माणमा सडक आयोजना र ठेकेदार कम्पनी बीच भएको विवादका कारण विगत १० दिन देखि सुडाल गाविसका बासिन्दाको आवागमन रोकिएको छ । भक्तपुरको कमलविनायकबाट सुडाल हुदै नगरकोट जाने वैकल्पिक मार्गमा रुपमा निर्माण गरिएको कमलविनायक, सुडाल, भत्केकोपाटी, चरेली नगरकोट सडकमा आयोजना अन्तर्गत रहेको पुल निर्माण सम्पन्न भईसकेपछि पछि विवाद आउँदा गाविस जाने एकमात्र सडकको पुल अझै संचालनमा नआएको हो ।
पुल संचालन नुहुदाँ स्थानियको सवारी साधन लान नसकेको, एम्बुलेन्स समेत जान नपाउदाँ विरामीलाई समय मै अस्पताल लान नसकिएको, स्कूल बस जान नसक्दा विद्यार्थीहरु विद्यालय जान रोकिएको भन्दै सुडाल गाविसका वासिन्दाले तत्काल पुरल संचालन हुनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा डसलगेसन गएका छन् । पुल संचालनमा नआउदा स्थानियले सास्ती भोग्नु परेको बताउदै विरामीलाई अस्पताल र विद्यार्थीलाई विद्यालय लान नसकिएको बताउनुभयो । ठेकेदार र आयोजनाका पदाधिकारीको भ्रष्टाचारको विवादका कारण बनेको पुल समेत संचालनमा नआएको आरोप लगाउदै उहाँले तत्काल पुल संचालनमा नल्याएर भत्काईदिने बताउनुभयो ।
आयोजनाका प्रमुख मोहन चापागाईले भने पुल निर्माण भएपनि पुलमा प्रवेश गर्ने ज्वाईनमा ठेकेदारले अझै पनि स्ल्याब राखेर ढलान नगरिदिएकाले पुल संचालनमा नआएको बताउनुभयो । हिमदुङ्ग थोकर निर्माण सेवाले पुल बनाउने जिम्मा लिए पनि सहमित अनुसारको सबै काम जेठ १५ गते नै सम्पन्न गर्नुपर्ने भएपनि काम नसकिदिएकाले समस्या आएको उहाँको भनाई थियो । यता ठेकेदार कम्पनीका प्रतिनिधी राजाराम न्हिसुतुले आयोजनाले सहमति भन्दा बढी काम गर्न दबाब दिएको र काम गर्दै जादा अबरोध पुर्याएको बताउनुभयो ।
ठेकेदार कम्पनी कै अर्का प्रतिनिधी कृष्णलाल भडेलले पुल संचालन नहुदाँ स्थापिनयलाई ठूलो मर्का परेकाले पुल प्रवेश गर्ने स्थानमा तत्कालका लागि ग्राईबेल गरि माटो फिलिङ्ग गरिदिएर पुल संचालनमा ल्याउने र एक वर्ष भित्र पुल बिग्रमा पुर्न निर्माण गरिदिने भनेपनि आयोजनाले पुल संचालन गर्न नदिएको बताउनु भयो । स्थानिय विकास अधिकारी राजेन्द्र कुमार केसीले भने तकल पुल सचालनमा ल्याउन आफूले पहल गर्ने र समस्याको निकास निकाल्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले पुल रहेको स्थान मै गएर वास्तविकताको आजै अध्यनन गर्नुभएको छ । ठेकेदार र आयोजनालाई तत्काल पुल संचालनमा ल्याउन निर्देशन समेत दिनुभएको छ । ग्रामिण सडक पुर्न निर्माण तथा पुर्नस्थापना परियोजना अन्तर्गतन एशियाली विकास बैंकको नौ करोडको लागतमा निर्माण संचालन भईरहेको ११ किलोमिटर नगरकोट जाने बैकल्पिक सडक निर्माण अन्तर्गत सुडाल गाविस जोड्ने एकमात्र पुल निर्माण सम्पन्न भएपनि संचालन हुन सकेको छैन ।