जिस्म ३ मा न विपासा न सन्नी लिओन

मुम्बई, साउन ८ (एजेन्सी) – बलिउडमा जिस्म २ को राप अझै चर्किँदै छ। पोर्नस्टार सन्नी लिओनले फिल्मको चर्चा तताइरहेको बेला यसै फिल्मको सिक्वेलबारे चर्चा सुरु भइसकेको छ। जिस्म २ लाई तताउने सन्नी लिओन भने जिस्म ३ मा नहुने भएकी छिन्। जिस्म २ मा सन्नी लिओनसँगै रणद्वीप होडाको जोडी देखिने छन्। फिल्म रिलिज हुनुअघि नै यसको निर्देशक पुजा भट्टले सिक्वेलको तयारी सुरु गरिसकेकी छिन्।

के तेस्रो जिस्ममा सन्नी हुन्छिन? पुजा भट्टले भनिन् 'जिस्म ३ मा न सन्नी न विपासा नै हुनेछिन्।' बलिउडमा यसपछि सबैले सोध्न थालेका छन् जिस्म ३ मा को त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>