मेडिकल कलेजद्धारा करोडाँै मूल्य बराबरको जग्गा अतिक्रमण

भक्तपुर ३१ असार(Mybhaktapur.com) । भक्तपुरको दुवाकोट गाविस स्थित काठमाडौं मेडिकल कलेजले सार्वजनिक जग्गा मिचेर भवन बनाएको छ ।दुवाकोट गाविसका ७ जना व्यक्तिको सहमतिमा व्यापारिक केन्द्रको रुपमा संचालित कलेजले करोडौँ रुपैयाँ मूल्य पर्ने सार्वजनिक जग्गा मिचेर भवन बनाउँदा पनि कुनै कारबाही प्रक्रिया अगाडि बढेको छैन । 

आर्थिक प्रलोभनमा परेर गाविस कार्यालय र स्थानिय निकायलाई समेत जानकारी नगराई मेडिकल कलेजले जग्गा मिचेर भवन बनाएको छ ।  त्यति मात्र होईन डिभिजन सडक कार्यालय भक्तपुरले मेडिकल कलेजको गेटसम्म कालोपत्र गरिदिएको छ । कलेजले कार्यालयका व्यक्तिहरुलाई प्रलोभनमा पारेर गाउँमा जाने जीर्ण सडकमा बजेट नहाली कलेजको गेटसम्म कालोपत्र गरेको स्थानियले बताएका छन् । सरस्वतीखेल जाने सडक जीर्ण हुँदा पनि सडक डिभिजन कार्यालयले कुनै वास्ता नगरेको स्थानियले बताएका छन् । खुल्ला सार्वजनिक जग्गा मिचेर भवन बनाउँदा पनि स्थानिय प्रशासनले कुनै चासो नदिएको गुनासो छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गत शुक्रबार कलेज कै हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले मिचिएका जग्गा तत्काल निकाल्न माग गरेका छन् ।
 
कार्यक्रममा मेडिकल कलेज हुँदै मध्यपुरठिमी निस्कने सडक र संगै जोडिएको सार्वजनिक जग्गा मिचेको स्थाानीयको आरोप छ ।  प्रशासनले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा प्रहरी, स्थानीय विकास अधिकारी, सडक, खानेपानी, शिक्षा, वन, स्वास्थ्य लगायत १४ वटा कार्यालय प्रमुख दुवाकोट पुगेका थिए । कार्यक्रममा स्थानीय नेत्र घिमिरेले कलेजले सार्वजनिक जग्गामा भवन बनाउने क्रममा  रोक्न खोज्दा गाविसलाई समेत जानकारी नदिई जर्बजस्ती बनाएकोले भत्काउन आग्रह गर्नुभयो । प्रशासनले उक्त भवन नभत्काए स्थानीय आफैले भत्काइदिने बताउँदै उहाँले सार्वजनिक जग्गाको सिमांकन गर्न माग गर्नुभयो । कार्यक्रममा स्थानीय माधवप्रसाद न्यौपानले नापी र मालपोत कार्यालयको मिलोमतोमा सार्वजािनक जग्गा व्यक्तिको नाममा आएको बताउनुभयो । गाविस भित्रको एक सय २० रोपनी अतिक्रमण गरी पूर्वाधार समेत बनाउन थालेको उहाँले बताउनुभयो । 
 
कार्यक्रममा स्थानीयले खानेपानी, सडक विकास टेवा पु¥याउन र अबैध रुपमा सञ्चालित बालुवाखानी रोक्न माग गरेका थिए । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले जनताको गुनासो क्रमश पुरा गर्दै जाने बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, प्रहरी उपरिक्षक नारायणसिंह खड्का लगायत सहभागी थिए । बिषयगत रुपमा जनताले गरेको गुनासो कार्यालय प्रमुखहरुले सम्बोधन गरेका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>