स्थानिय निकायसँग साझेदारी गरि जनसंख्या व्यबस्थापन गरिने

भक्तपुर २६ असार । Mybhaktapur.com जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले स्थानीय निकायसँग साझेदारी गरेर जिल्लामा भएको जनसंख्या ब्यवस्थापन संम्वन्धी कार्यलाई प्रभावकारी वनाउने भएको छ ।  जनस्वास्थ्य कार्यालयले आज संचारकर्मीहरुका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुनवहादुर अधिकारीले स्थानिय निकायहरुसंग समन्वय गरि जिल्लाको जनसंख्या ब्यवस्थापन गर्ने अभियान थालनी गरेको वताउनुभयो ।

भक्तपुरमा महिला भन्दा पुरुषको जनसंख्या वढि रहेको र प्रति वर्ग किमीमा १८९५ जनसंख्या रहेको कार्यक्रममा जानकारी दिएको छ । हालको जनसंख्या ब्यवस्थापन गर्नका लागि खानेपानी, स्वास्थ्य, शिक्षा सेवा लगायतका आधारभुत आवश्यकतालाई पनि ब्यबस्थापन गर्नुपर्ने परिवार नियोजन निरिक्षक प्रेम बहादुर थापाले बताउनुभयो । 
 
भक्तपुरको वढ्दो जनसंख्यालाई समयमा नियन्त्रण गर्न नसकेको खण्डमा यसले समस्या निम्त्याउन सक्ने वताउँदै यसको समाधानका लागि समयमा सवै निकायले समन्वय गरि कार्य गर्न थालनी गरिएको जनाउनु भएको छ । उहाँले परिवार जन्माएर आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने हो भने तीन जनासम्म बच्चा जन्माउन सकिने बताउनुभयो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>