भक्तपुरको बोडे स्थित ३५ वटा जरि भर्ने कारखानामा छापा÷१२७ बालश्रमिकको उद्धार

भक्तपुर २० असार ।MyBhaktapur.com जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा प्रहरी र बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी सहितको टोलीले मध्यपुरथिमिको बोडे क्षेत्रमा संचालित ३५ वटा जरी भर्ने कारखानामा छापा मारी १२७ जना बालश्रमिकको उद्धार गरेको छ ।

भक्तपुरको बोडे क्षेत्रको पाँच स्थानमा संचालित साडी, कुर्थाको सल र अन्य कपडामा जरी भर्ने कारखानामा काम गर्ने बालश्रमिकको उद्धार गरि बालश्रमिक लगाईने ३५ जना संचालकलाई नियन्त्रणमा लिएको छ ।
 
सहायक प्रमुख जिल्ला अधिकारी मैया कडेलको नेतृत्वमा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक पुस्कर केसी र सशस्त्र प्रहरी बल गुह््रेश्वरी गणको सुरक्षाकर्मीको सहितको टोलीले यहाँ संचालित कारखानामा आज विहान साँडे आठ बजे देखि १० बजेसम्म छापामारी कारखानामा कार्यरत बालश्रमिकको उद्धार गरेको हो ।
 
छापामारी ल्याईएको १५७ जना श्रमिकको थिमि कै कृषि विकास तालिम केन्द्रमा लगेर राखी भक्तपुर जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरि औषधि समेत वितरण गरेको थियो ।
 
स्वास्थ्य परीक्षणमा उनीहरुलाई आँखा पाँक्ने समस्या, छातीको समस्या, दम, खोकी, लगायतको संक्रमित रोगहरु देखा परेको चिकित्सक टोलीले बताएका छन् ।
 
उद्धार गरिएका बालश्रमिक मध्ये १६ वर्ष मुनीकाको छनौट गरि १२४ जना बालश्रमिकलाई आजै कार्नेट नेपाल नामक गैरसरकारी संस्थाको जिम्मा लगाईएको छ । बाँकी ३३ जना भने १६ बषै उमेर नाघेका र बाबुआमासंगै रहेकालाई उनीहरुकै जिम्मा लगाईएको छ ।
 
अनुसन्धानका क्रममा ८ देखि १३ वर्ष उमेर समूहका बालश्रमिकलाई विना पैसा काम सिकाउने नाममा तलब नदिई शुद्ध खानाको भरमा राखेको, र १४ वर्ष देखिका श्रमिकलाई मासिक दुई हजार देखि ४ हजारसम्म तलब दिने गरेको पाईएको छ ।
 
बालश्रमिकले विहान ९ बजे देखि राती ११ बजेसम्म र सिजनको समयमा बिहान ८ बजे देखि राती २ बजेसम्म काममा लगाईने गरेको यसक्षेत्रमा दुईवर्ष देखि बोडेका बालश्रमिकको उद्धारका लागि काम गर्दै आएको बालविकास समाजका निर्देशक युवराज रोक्काले बताउनुभयो ।
 
विगत दुईवर्ष देखि समाजले यसक्षेत्रमा लगाईएको बालश्रमिकको अनुगमन गर्दै बालश्रमिक नराख्न निर्देशन दिदाँ नमानेको बताउदै उहाँले अहिले समाजकै पहलमा छापामारी उद्धार गरिएको बताउनुभयो ।
 
प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले बोडे क्षेत्रमा संचालित जरी कारखानालाई पटक पटक सचेत गराउदाँ पनि बालश्रमिक राख्न नमानेपछि आज उद्धार गर्ने गरि छापा मारिएको बताउनुभयो । कारखानालाई पनि दर्ता गरि कर तिरेर कानूनी दायरामा आउन निर्देशन दिएको जानकारी दिनुभयो ।
 
उद्धार गरिएका बालश्रमिकको हकमा उनीहरुको परिवारसम्म पुर्नस्थापना गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली बनाईएको उहाँले बताउनुभयो ।
 
उद्धार गरिएपछि प्रतिक्रिया दिदै सहायक प्रमुख जिल्ल अधिकारी कडेलले उद्धार गरिएको १५० जना बालश्रमिकलाई कार्नेट नेपाल नामक संस्थाको जिम्मामा लगाईने र संस्थाले एक महिनासम्म ती बालश्रमिकलाई पालन पोषण गर्ने बताउनुभयो ।
 
त्सपछि विश्व शिक्षा, बालविकास समाज , सेभद चिल्ड्रेन लगायतका बिभिन्न संघसंस्थाका सहितको टोलीले ती बालश्रमिकलाई उनीहरुको घरमै लगेर परिवारलाई बुझाउन र आयमूलक कार्यक्रम समेत संचालन गरिदिने बताउनुभयो ।
 
बालश्रमिक राख्ने कारखानाका मालिकहरुलाई भने बालश्रम ऐन शोषण नियमन गर्ने २०५६ को ऐन अनुसार कारबाही गर्ने बताउनुभयो । यस अन्तर्गत उनीहरुलाई ३ महिना कैद र १० हजार रुपैया जरिवाना समेत लाग्ने कडेलले बताउनुभयो ।
 
कार्नेट नेपालका राष्ट्रिय निर्देशक धनराज घिमिरेले जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा उद्धार गरिएका बालश्रमिकहरुलाई आफ्नो संस्थाको जिम्मामा राखेर खानबस्ने व्यबस्था गरेको जानकारी दिनुभयो ।
 
त्यसपछि बिभिन्न संस्थाको पहलमा उनीहरुलाई आफ्नै घरमा फर्काईने र उनीहरुका परिवारलाई आयआर्जन सम्बन्धी परियोजना चलाउने एंव शिक्षाको व्यबस्था गरिने जानकारी गराउनुभयो ।
 
जरी कारखानामा लगाईएका अधिकांश बालश्रमिक बारा, पर्सा, महोत्तरी, मलंगवा, सर्लाही, सिरहा, लगायतका जिल्ला र भारतबाट समेत बालकहरु ल्याईएर बालश्रमिक लगाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>