१८ प्रतिशत सुईबाट लागूपदार्थ दुव्र्यसनी एचआईभी संक्रमित

भक्तपुर, १९ असार । MyBhaktapur.Com जिल्लामा रहेका सुईमार्फत लागूपदार्थ सेवन गर्नेमध्ये करिब १८ प्रतिशत एचआईभी संक्रमित पाइएको बताइएको छ । सुईमार्फत लागूपदार्थ सेवन गर्नेहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था प्रेरणाले गरेको अध्ययनअनुसार जिल्लामा रहेका करिब एक  जार लागूपदार्थ दुव्र्यसनीमध्ये एकसय असीमा एचआईभी संक्रमण देखिएको हो । जिल्लामा लागूपदार्थ दुव्र्यसनीको अवस्था र त्यसबाट हुने क्षति नीकरण

गर्न प्रेरणाले गर्दै आएको कार्यक्रमबारे जानकारी दिने मंगलबार पत्रकारहरुसँगको अन्तरसंवादमा प्रेरणाका कार्यक्रम संयोजक विकास प्याकुरेलले उक्त कुरा बताएका हुन् ।
 
उनले जिल्लामा लागूपदार्थ दुव्र्यसनीहरुको संख्या बढिरहेको जानकारी दिँदै त्यसमध्ये १४ देखि २४ वर्षभित्रको संख्या अत्यधिक रहेको जानकारी दिए । उनका अनुसार प्रेरणाले जिल्लाका दुई नगरपालिका र १० वटा गाविसका सुईबाट लागूपदार्थ सेवन गर्नेहरुको क्षेत्रमा कार्य गरिरहेको छ । जसअन्तर्गत लागूपदार्थ दुव्र्यसनीहरुलाई नयाँ सुई उपलब्ध गराएर पुरानो सुई फिर्ता लिने तथा कोही लागूपदार्थ दुव्र्यसन त्यागेर बानी सुधार्न चाहे परामर्श गर्नुका साथै पुनःस्थापना केन्द्रमा सिफारिस गर्ने गर्दै आएको प्रेरणाको भक्तपुर परियोजना अधिकृत नवीन श्रेष्ठले बताए ।
 
उनका अनुसार भक्तपुरमा रहेका लागूपदार्थ दुव्र्यसनीहरुको पहिचान गर्न संस्थाले ११ जना साथी शिक्षक परिचालन गरिरहेको छ । उनीहरुको सम्पर्कमा नयाँ नयाँ दुव्र्यसनीहरु आएको उनको भनाइ थियो । ‘जिल्लामा नयाँ नयाँ लागूपदार्थ दुव्र्यसनी देखापरेका छन्’, उनले भने, ‘नयाँ दुव्र्यसनीमध्ये धेरैजसो विद्यालय तथा उच्च माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरु रहेका छन् ।’ उनका अनुसार साथी संगत, नयाँ चिजको स्वाद लिने उत्सुकता, निराशा,  सफलता र एकतर्फी मायामा धोका पाएकाहरु लागूपदार्थ दुव्र्यसनमा पर्ने गरेका छन् । प्रेरणाले विश्व कोषअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा लागूपदार्थ दुव्र्यसनीको लागि क्षति न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको हो । उक्त कार्यक्रमअन्तर्गत प्रेरणाले लागूपदार्थ दुव्र्यनीको लागि भक्तपुरको च्याम्हासिंह, मध्यपुर थिमी र अरनिको राजमार्गमा परेको कटुञ्जे गाविसमा गरी तीन वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>