स्पेनका आन्द्रेय इनिएस्टा उत्कृष्ट खेलाडी, टोरेसलाई गोल्डेन बुट

किभ, असार १९ (एजेन्सी)- युरो कप च्याम्पियन स्पेनका मिडफिल्डर आन्द्रेय इनिएस्टा युरो कपको उत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीमाथि ४-० को एकतर्फी नतिजा निकाल्दै स्पेन च्याम्पियन बनेको थियो। स्पेनलाई लगातार दोस्रो पटक युरो कप च्याम्पियन बनाउँदा महत्वपूर्ण भुमिका निर्वाह गरेका २८ बर्षे इनिएस्टाले टोलीका लागि सबै ६ खेल खेलेका थिए। 

युइएफएको ११ सदस्यीय प्राविधिक टोलीले इनिएस्टालाई प्रतियोगिता उत्कृष्ट खेलाडी चुनेको थियो। उनले छ खेलमा ५ सय ५१ मिनेट मैदानमा विताएका थिए। छनोट समितिले स्पेनका जाभी, जावी अलन्सो र इटालीका आन्दे्रइ पिर्लोलाई उत्कृष्ट खेलाडी सम्भाविता सुचिमा राखेको थियो। 

'इनिएस्टा उत्कृष्ट खेलाडीका हकदार हुन्। उनी प्रभावशाली, बलसहित र बल विनापनि उत्तिकै गतिमा दौडन सक्ने खेलाडी। युरोका दौरान उनले उच्च प्रदर्शन गरे। युइएफएका टेक्निकल डाइरेक्टर एन्डी रोक्सबरेगले भने,' पिर्लोले पनि इटालीका लागि असाध्यै राम्रो खेले। जाभीले पछिल्लो संकरणका विजेता हुन्। अलस्नोले पनि प्रभावकारी प्रदर्शन गरे। यद्दपी इनिएस्टाको विशेष थियो।'

इनिएस्टासहित स्पेनका १० खेलाडी युइएफको प्रतियोगिताको टोलीमा पर्न सफल भएका छन। २३ सदस्यीय टोलीमा इटालीका चार खेलाडी समेटिएका छन्। 

प्रतियोगिता टोली 

गोलकिपर : गुइनलुइगी बुफोन (इटाली), इकर कासिलास (स्पेन) मान्युल नेयुर (जर्मनी)

रक्षक : जेरार्ड पिके (स्पेन), फावियो कोन्ट्राव (पोर्चुगल), फिलिप लाहम (जर्मनी), पेपे (पोर्चुगल), सर्जियो रामोस (स्पेन), जोर्डी अल्बा (स्पेन)

मिडफिल्डर : डानेली डी रोसी (इटाली), स्टेफन जेरार्ड (इङ्ल्यान्ड), जाभी (स्पेन), आन्द्रेय इनिएस्टा (स्पेन), सामी काडिरा (जर्मनी), सर्जियो बुस्केट्स (स्पेन), मेसुट ओजिल (जर्मनी), आन्द्रेइ पिर्लो (इटाली), जावी अलन्सो (स्पेन)

स्ट्राइकर : मारियो बालोटेली (इटाली), सेस फेब्रिगास (स्पेन), क्रि्कस्टियानो रोनाल्डो (पोर्चुगल), ज्लाटान इब्राहिमोविच (स्विडेन), डेभिड सिल्भा (स्पेन)

टोरेसलाई गोल्डेन बुट
कम समयमा ३ गोल गर्ने स्पेनका फरवार्ड फर्नान्डो टोरेसले गोल्डेन बुट जितेका छन्। उनले १ सय ८९ मिनेट खेल्दै ३ गोल गरेका थिए। इटालीविरुद्धको फाइनलमा खेलको अन्त्यतिर मैदान प्रवेश गरेका टोरेसले प्रतियोगिता तेस्रो गोल गरेका थिए। त्यसअघि समूह चरणमा आयरल्यान्डलाई ४-० ले हराउँदा टोरेसले २ गोल गरेका थिए। युरो कप २०१२ मा उनीसहित ६ खेलाडीले ३ गोल गरेका थिए। फाइनलमा एक गोल गरेका टोरेसले हुवा माटाको गोलका लागि पास मिलाइदिएका थिए। ३ गोल गर्ने अन्य खेलाडीमा इटालीका मारियो बालोटेली, एलान जागोएभ (रसिया), मारियो गोमेज (जर्मनी, मारियो म्यानजुकिक (क्रोएसिया) र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>