३० जना द्धन्द्ध पिडित बालबालिकालाई खाद्यान्न वितरण/गिरिजाको सम्झना

भक्तपुर १८ असार । Mybhaktapur.com नेपाली काग्रेस भक्तपुर जिल्ला कार्य समितिले द्धन्द्ध पिडित बालबालिकाको लागि एक महिनासम्म खान पुग्ने खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको छ । नेपाली काग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोईरालाको ८९ औं जन्मोत्सवको अवसरमा मध्यपुरथिमिको सिन्टिटारमा ३० जना द्धन्द्ध पिडित बालबालिकाको पालन पोषण तथा शिक्षादिक्षाको जिम्मा लिएको आरसिसिओ नेपाल नामक संस्थालाई नेपाली काग्रेसका पूर्व सांसद लेखनाथ न्यौपानेले हस्तान्तरण गर्नु भएको हो ।
 
कार्यक्रममा चामल, चिउरा, दाल, चिनी, तेल, दालमोठ, चिया, साँग, खुर्सानी, साबुन, मञ्जन, ब्रस, चप्पल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । विगत ३ वर्ष देखि संचालित आरसिसिओ नेपालमा १० वर्षे माओवादी द्धन्द्धमा परिवार तथा आफन्त गुमाएका १५ जिल्लाका ६ देखि १६ वर्ष उमेर समूहका १५ जना बालक र १५ जना बालिका रहेका छन् । संस्थालाई स्थापना देखि नै मध्यपुरथिमि नगरपालिकाका समाजसेवी तथा नेपाली काग्रेस मध्यपुरथिमि नगर समितिका सभापति अष्टकुमार कवेंले विशेष सहयोग गर्दै आउनु भएको सस्थाका संरक्षक तथा पुर्व अध्यक्ष सुनिल बज्राचार्यले बताउनुभयो । 
 
कवेंले आफूले विभिन्न स्थानमा पाएको ४७ हजार भत्ता लगायत हरेक महिना बालबालिकाका लागि सहयोग गर्दै आएको उहाँले बताउनुभयो । संस्था संचालनका लागि मासिक ७० हजार रुपैया खर्च हुने गरेकोमा बिभिन्न दाताले दिएको दान तथा चन्दा कै भरमा संस्था चलिरहेको बताउदै उहाँले बिभिन्न निकायसंग सहयोगको आग्रह गर्नुभयो । ३० जना बालबालबालिका मध्ये कक्षा ३ देखि कक्षा ११ सम्म अध्ययनरत बालबालिका रहेको र उनीहरुका लागि थिमि कै क्रियटिभ लनर्स एकेडेमीले २७ जना र क्यालिभर ईन्टरनेशनल एकेडेमीले ३ जनालाई निशुल्क रुपमा पढाई रहेको कवेले बताउनुभयो ।
 
संस्थाका बालबालिकाका लागि नागरिक अस्पताल गठ्ठाघरले सामान्य उपचार तथा विरामी हुदाँ भर्ना शुल्क निशुल्क गर्दै आएको छ । संस्थामा रुकुम, रोल्पा, रामेछाप, मुगु, उदयपुर, सर्लाही, मोरङ्ग, दैलेख, बर्दिया, सोलुखुम्बु लगायतका जिल्लाका द्धन्द्ध पिडित बालबालिका रहेका छन् ।
 
नेपाली काग्रेस भक्तपुर जिल्ला कार्य समितिका सभापति गणेशमान चक्रधर, कवे, मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, नेपाली काग्रेसका भक्तपुर क्षेत्र नम्बर १ का सभापति कृष्णलाल भडेल, द्धन्द्ध पिडित बालबालिका पूजा कार्की लगायतले द्धन्द्ध पिडित बालबालिकालाई सरकारले व्यबस्थापन गर्नुपर्ने औल्याउनुभयो । 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>