भक्तपुर ८ असार (Mybhaktaur.com)। चाँगु गाविस ८ स्थित ग्रामिण अपाङ्ग समन्वय समितिले जिल्लाभरका ३५ जना अपाङ्गलाई ह्वील चियर वितरण गरेको छ । लाईन्स क्लब अफ काठमाण्डौ ३२५ बुद्धनगरले सहयोग स्वरुप प्रदान गरेको ह्वील चियर आज समितिले अपाङ्गहरुलाई वितरण गरेको हो ।
स्वामी कमलनयनाचार्यले एक कार्यक्रम बीच अपाङ्गलाई ह्वील चियर वितरण गर्नुभएको हो । समितिले जिल्लाका १६ गाविस र २ नगरपालिकाबाट ह्वील चियर लिन आवेदन आव्हान गरेको र आवेदन दिने अपाङ्गलाई ह्वील चियर वितरण गरेको समितिका अध्यक्ष गोपाल प्रसाद पोखरेलले बताउनुभयो । जिल्लामा कूल ४ हजार १ सय अपाङ्ग रहेकोमा १७० जना अशक्त अपाङ्ग रहेको जानकनारी दिएको थियो ।