हरिवंश र रमिला विवाह समारोहमा। 
काठमाडौं, असार ८ -अभिनेता हरिवंश अचार्यले दोस्रो विहे गरेका छन्। बिहीबार गोगंबु,टोखामार्गमा उनले बुटवलकी रमिला पाठकसंग विवाह गरेका हुन् । पहिलो श्रीमती मिरा आचार्यको निधन भएको साढे १ वर्षपछि उनले विधुवा रमिलासंग वैवाहिक बन्धनमा बाँधिएका थिए। १२ वर्षदेखि विधुवा रहेकी रमिला हरिवंशभन्दा १० वर्ष कान्छी छिन्। हाल हरिवंश ५४ वर्षका छन् ।
'मेरो छोरा बुहारीलाई हरिको घरमा भेट गराउन लैजादाँ विजोग देखेपछि बिहेको लागि दवाव दिएको थिएँ। बसुन्धरा जीले रमिला भाउजुको छोरामार्फत् विहेको प्रस्ताव राख्नुभएछ,' राजाराम पौडेलले भने। झण्डै ३० जना आफन्तको उपस्थितिमा उनले विवाह गरेका थिए। 'भाउजुलाई अष्ट्रेलियामा रहेको छोराले विवाह गर्न आग्रह गरेको र हरिलाई छोराहरूले अनुरोध गरेपछि विवाह गरेका हुन्,'उनले भने।
यता हरिवंशका कान्छा छोरा घरमै स्वागतको लागि तयार गरिरहेका थिए। बैंककमा रहेका मदनकृष्ण श्रेष्ठले स्काइपबाट दुवैलाई बधाई समेत दिए। हरिवंशको पहिलो श्रीमतीचाँहि राजारामले नै खोजिदिएका थिए।
नागरिक