भक्तपुर ३ असार । MYBhaktapur.Com त्येक दुई ÷दुई वर्षमा प्रदान गरिने श्रीगोपाल कला सिरपा यसपटक मध्यपुर थिमि स्थित बज्रचार्य समुदायद्वारा सञ्चाललित गुँला बाजालाई प्रदान गरिने भएको छ । सिरपाका संस्थापक गणेशराम प्रजापतिले सिरपा मूल्याङ्कन समितिको बैठकले उक्त निर्णय गरेको बताउनुभयो ।
असारको अन्तिम साता कार्यक्रम गरी २० हजार रुपैयाँ नगद, ३ तोला चाँदीमा सुनको जलप लगाइएको पदक र सम्मान प्रदान गरि सम्मान गरिने भएकोे छ ।