नेपालको वर्तमान राजनीतिक समस्या नेपाली काग्रेसले मात्र समाधान गर्न सक्ने दाबी-सुजाता कोईराला

भक्तपुर २ असार । Mybhaktapur.com नेपाली काग्रेसका केन्द्रीय सदस्य सुजाता कोईरालाले नेपालको वर्तमान राजनीतिक समस्या नेपाली काग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गर्नुभएको छ ।

गत २४ गते राती उपचारका क्रममा निधन हुनु भएका नेपाली काग्रेसका निवर्तमान सभापति राधेश्याम जोन्छेको १० औ दिनको पूण्यतीथिको अवसरमा नेपाल विद्यार्थी संघद्धारा आयोजित शोकसभा कार्यक्रममा बोल्दै कोईरालाले यसका लागि नेपाली काग्रेस एक ढिक्का भएर अगाडि बढ्ेको बताउनुभयो ।

पार्टी भित्र देखिएको विभिन्न भातृ संगठनको विवाद हल भएपछि नेपाली काग्रेस पार्टी भित्र कुनै मतभेद नभएको उल्लेख गर्दै कोइरालाले भट्टराई सरकारलाई तत्काल राजिनामा दिएर विकास निकाल्न आग्ह गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईको नेतृत्वको सरकारले राजिनामा नदिए काग्रेस लगायत २७ दलले सडक संघर्ष गरेर सरकारलाई पाखा लगाईने बताउनुभयो ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गिय जोन्छेलाई सहिद घोषणा गर्न नेपाली कांग्रेसले कुनै कसर बाँकी नराख्ने बताउदै उहाँले यथाशिघ्र जोन्छेलाई सहिद घोषणा गर्न सरकारसंग माग गर्नुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>