चाँगु नारायणमा जनस्वास्थ्य अस्पताल निर्माण

भक्तपुर २ असार । Mybhaktapur.com चाँगुनारायण गाविसमा रहेको चाँगुनारायण प्राथमिक उपचार केन्द्र अब जनस्वास्थ्य अस्पताल बन्ने भएको छ । अस्पतालका लागि गत भदौ महिना देखि सुरु भएको भवन निर्माण कार्य आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न हुने ईन्जिनियर गोपालबहादुर महर्जनले बताउनुभयो । कूल तीन करोड ४२ लाख ९२ हजार १६ रुपैयाको लागतमा निर्माण हुने साडे दुईतल्ले भवनमा २५ शैयाको अस्पताल संचालन हुनेछ । अस्पतालमा आकस्मिक सेवा, ओपिडि सेवा लगायतका अन्य सेवाहरु समेत संचालन हुनेछ ।

अस्पताल संचालनमा आएपछि स्थानियले न्यून शुल्कमा विरामीको उपचार हुने र स्थानियले नजिकै उपचार सेवा पाउन सक्ने भवन निर्माणका ओभरसियर सम्झना सुवेदीले बताउनुभयो । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि स्थानियवासी खुसी भएको मदनबहादुर थापाले बताउनुभयो । चाँगुमा जस्तै दुवाकोट गाविसमा पनि अस्पताल निर्माण सुरु भएको छ । 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>