इङ्गल्यान्ड र फ्रान्स बराबरी

डोनेस्क, जेठ ३० (एजेन्सी)- इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका स्टारहरु नायक बन्दा सोमबार इङल्यान्ड र फ्रान्सले बराबरी नतिजा निकाल्दै युरो २०१२ को सुरुवात गरेका छन्। सोमबार डोनेस्कमा सम्पन्न समुह डी को पहिलो खेलमा युरोपेली फुटबलका दुई महारथीले १-१ को बराबरी खेलेका थिए।

कप्तान स्टेफन जेरार्डको फ्रि-किकलाई म्यानचेस्टर सिटीका रक्षक जुलियन लेस्कटले हेडमार्फतगोलमा परिणत गर्दै इङल्यान्डलाई ३० औं मिनेटमा अग्रता दिलाएका थिए। राष्ट्रिय टोलीका लागि लेस्कटले गरेको यो पहिलो गोल थियो। तुलनात्मक रुपमा खेलमा नियन्त्रण राखेको फ्रान्सले ९ मिनेट नबित्दै खेललाई बराबरीमा ल्याएको थियो। समिर नासरीले पेनाल्टी बक्स बाहिरबाट कुना च्याप्दै गरेको कडा प्रहार बचाउन इङल्यान्डका गोलकिपर जोइ हार्ट असफल हुँदा फ्रान्सले पहिलो हाफमै खेल बराबरीमा ल्याएको थियो।

म्यानचेस्टर सिटीका स्टार नासरीले गोल गरेपछि लाउरेन्ट ब्लांकको टोली २१ खेलको अपराजित यात्रा कायम राख्न सफल भयो। फ्रान्सले खेलमा बल पोजेजनका साथै आक्रमणमा नियन्त्रण राखेपनि विपक्षी रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि टोली निराश हुनुपरेको थियो। तीन हप्ता अघि नेतृत्व सम्हालेका रोय हडसनको इङ्ल्यान्डको प्रशिक्षकको रुपमा यो पहिलो प्रतियोगितात्मक खेल थियो ।

आजै राति अबेर भएको समूह डी कै अर्को खेलमा घरेलु मैदानको फाइदा उठाउँदै युक्रेनले स्वीडेनलाई २-१ ले पराजित गर्दै युरो २०१२ मा शानदार सुरुवात गरेको छ । ५२ औँ मिनेटमा स्वीडेनका इब्राहिमोभिकले गोल गरी लिएको अग्रतालाई तीन मिनेट मै शेभचेन्कोको गोलले बराबरीमा पुर्‍याएको थियो। ६२ औँ मिनेटमा उनैले अर्को गोल गरेपछि समूह डीमा युक्रेन स्पष्ट ३ अङ्कका साथ पहिलो भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>