आन्तरिक राजस्व कार्यालयले नियतबस दुःख दियो ः साना उद्योगी व्यवसायी

भक्तपुर, ३० जेठ Mybhaktapur.com । जिल्लाका साना तथा घरेलु उद्योगी व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयले नियतबस घरेलु तथा साना उद्योगलाई भ्याटमा जान दबाब दिएकोमा आक्रोश पोखेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघले मंगलबार जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखलाई गरेको स्वागत कार्यक्रममा उनीहरुले उक्त आक्रोश पोखेका हुन् । उनीहरुले सरकारले नै साना तथा घरेलु उद्योगमा भ्याट छुटको व्यवस्था गर्दा पनि कार्यालयले भ्याटमा दर्ता नभएको भनी आफ्नो उत्पादन लिएर बजार गएका गाडीलाई नियन्त्रणमा लिएर दुःख दिने गरेको दुखेसोसमेत पोखे ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण ग्वाछाले प्रमुख जिल्ला अधिकारी जीतेन्द्रबहादुर भण्डारी र उद्योग कार्यालयका प्रमुख धर्मानन्द जोशीलाई मायाको चिनो दिएर जिल्लामा स्वागत गरेका थिए । प्रजिअ भण्डारी केशवराज आचार्य र उद्योग प्रमुख जोशी विष्णुकुमारी भट्टराईको ठाउँमा करिब एक महिना अघि भक्तपुर सरुवा भई आएका हुन् । उक्त अवसरमा प्रजिअ भण्डारीले जिल्लास्थित उद्योग व्यवसायसँगै त्यसका सञ्चालकहरुको शान्ति सुरक्षाको अवस्थामा प्रहरी प्रशासन सदैव चनाखो रहेको बताउँदै भ्याटका सम्बन्धमा आफूले जानकारी लिने आश्वासन दिए ।
 
उनले जिल्लामा रहेका घरेलु तथा साना उद्योगका बारेमा केही समस्या भए सिधै आफूलाई जानकारी दिन आग्रह गर्दै आफूले सकेसम्म समाधानमा लाग्ने प्रतिबद्धता जनाए । उद्योग कार्यालय प्रमुख जोशीले घरेलु उद्योग दर्ता तथा सञ्चालनमा कुनै कमीकमजोरी भए जानकारी दिन आग्रह गर्दै कार्यालयको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने जानकारी दिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>