भक्तपुर २९ जेठ । Mybhaktapur.com नेपाली काग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले एमाओवादी र प्रचण्डको अधैर्यपनका कारण संविधानसभा विघटन भएको बताउनु भएको छ । शैलजा स्मृति प्रतिष्ठानद्धारा आज यहाँ आयोजित तेश्रो स्मृति सभा कार्यक्रममा बोल्दै सचेतक घिमिरेले विहान, दिउसो र बेलुका प्रचण्डले फरक फरक कुरा गर्ने गरेका कारण संविधानसभाको अवसान भएको बताउनुभयो ।असन्तुष्ट रहेको एमाओवादीका उपाध्यक्ष बैद्य पक्षसंग वार्ता गर्ने बाहानामा बैद्यलाई नै थाहा नदिएर संविधानसभा विघठनको योजना बनाएको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा घिमिरेले शैलजा आचार्य महिला मात्र नभई सम्पूर्ण राष्ट्रका लागि योगदान दिने राष्ट्रिय व्यक्तित्व भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष जीवनावादे श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काग्रेसका पूर्व सांसद लेखनाथ न्यौपाने, विपि विचार समाजका अध्यक्ष महेश श्रेष्ठ लगायतले नेतृ शैलजाको योगदानको चर्चा गरेका थिए ।