भक्तपुर २७ जेठ ।Mybhaktapur.Com उपत्यका मै पहिलो पटक भक्तपुरको कटुञ्जे गाविस पूर्ण रुपमा खुला दिशा मुक्त गाविस बनेपछि आज नेपाल सरकारका मुख्य सचिव माधनप्रसाद घिमिरेले यसको उद्घाटन गरि खुल्ला दिशा मुक्त गाविस घोषणा गर्नुभउको छ ।
कटुञ्जे गाविसले आज यहाँ आयोजना गरेको खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा नेपाल सरकारको मुख्य सचिव माधवप्रसाद घिमिरेले उपत्यकामा पहिलो पटक कटुञ्जे गाविस खुला दिशा मुक्त क्षेत्र घोषणा गदै घोषणा स्तम्भको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले खुला दिशा मुक्त क्षेत्र घोषणाजति चुनौती हो त्यो भन्दा बढी यसलाई टिकाई राख्न तयार गरिएको आचार संहिताको पालना गर्नु चुनौती रहेको बताउनुभयो ।
आफ्नो टोल सफा गर्न हरेक शनिवार आफै कुचो लिएर निस्कने गरेको बताउदै उहाँले गाउँ तथा समाजलाई सफा राख्न सबैको हात हरेक विहान कूचो लिएर यसलाई संस्कृतिको रुपमा विकास गर्नुपर्ने आवश्यक रहेको औल्याउनुभयो ।
खुला दिशा मुक्त क्षेत्रमा घोषणा कार्यान्वयनका बारेमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सरकारको सन् २०१७ सम्ममा मुलुकभरलाई खुला दिशा मुक्त क्षेत्र बनाउने लक्ष्य पुरा गर्न यस गाविसलेृ उपत्यका मै पहिलो पटक सकारात्मक फट्को मारेको चर्चा गर्दै उहाँले अहिलेसम्म कास्की र चितवन खुला दिशा मुक्त क्षेत्र बनेकोमा अब भक्तपुर तेश्रो बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय विकास तथा संघीय मामिला मन्त्रालयका निमित्त सचिव शिवबहादुर रायमाझीले सन् २०१७ सम्मको सरकारको योजना कार्यान्वयनमा यो कोशे ढुङ्गा सावित भएको चर्चा गर्नुभच.यो ।
नेपालमा ५७ प्रतिशत जनताले मात्र चर्पीको सुविधा प्राप्त गर्न सकको र अझै बाँकी जनता चर्पीको पहुँचबाट टाढै रहेको बताउनुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव हरिप्रसाद शर्माले ७० प्रतिशत रोग खानेपानी र फोहोरका कारण हुने भएको अवस्थामा राष्ट्रपतिद्धारा घोषणा भईसकेको गरु योजनालाई सफल पार्न सबै सक्रिय भएर लाग्नुपनेए बताउनुभयो ।
खुला दिशा मुक्त क्षेत्र घोषणाका बारमा चर्चा गर्दै खानेपानी ढल निकास कार्यालयका निमित्त महानिर्देशक सुमन शर्माले देशलाई खुला दिशाा मुक्त क्षेत्र बनाउनुृ अभियमन अन्तर्गत ७५ जिल्लामा २ वटा जिल्ला, ६३ वटा नगरपालिका मध्ये ५ वटा नगरपालिका र ३ हजार ९१५ गाविस मध्ये ३९६ वटा गाविसमा मात्र खुला दिशाा मुक्त क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
भक्तपुरमा ८८ प्रतिशत नागरिले शौचालय प्रयोग गर्ने गरेकोमा २०१५ सम्ममा सिंगो गाविसलाई खुलाा दिशाा मुक्त बनाएर जिल्लालाई नै सिंगो खुला मुक्त दिशा जिल्ला बनाउने बताईन्द्र केसी लगायतले यस गाविसलाई सधै खुला दिशाा मुक्त क्षेत्र बनाईराख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यक्रमका सभापति एवं गाविसका सचिव लेखनाथ भट्टराईले अहिले यस गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको बताउदै आगामी आ.ब.मा यस गाविसको पाँच क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने र आगामी आ.ब. मै यस गाविसलाई प्लाष्टिक निषेधित क्षेत्र बनाईने बताउनुभयो ।
गाविसमा कूल दुई हजार घरधुरी रहेकोमा वडा नं. ३ को दलित वस्ति र अन्य वस्तिका शौचालय नभएका ७५ वटा घरमा शौचालय निर्माण गराएपछि यो गाविस खुला दिशा मुक्त क्षेत्र बनेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
शौचालय नभएका घरलाई गाविसले शौचालय निर्माणका लागि प्रति गाविस तीन हजार एक सय रुपैया र डिभिजन खानेपानी कार्यालयले एक हजार रुपैया र प्यान लगायतका सामाग्री उपलब्ध गराएर सत् प्रतिशत घरमा शौचालय पुर्याएपछि यो गाविस खुला दिशामुक्त गाविस बनेको हो ।
यस गाविस क्षेत्रमा जथाभावि फोहोर गर्ने तथा खुला दिशा, पिसाब गर्ने व्यक्तिलाई जरिवाना समेत गरिने भएको छ ।
गाविसमा खुला, दिशा पिसाब गर्ने र जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्ने र यसको जानकारी दिनेलाई पुरस्कारको व्यबस्था गरिने भएको छ ।
![eQmk'/sf] s6'~h] uflj;nfO{ pkTosf s} klxnf] v'nf lbzf d'Qm uflj; 3f]if0ff sfo{qmddf g]kfn ;/sf/sf d'Vo ;lrj dfwjk|;fb l3ld/] lbzf d'Qm uflj; 3f]if0ff :tDesf] pb3f6g ub}{ . tl:j/ M /d]z lu/L, eQmk'/ .](http://mybhaktapur.com/wp-content/uploads/2012/06/RG-BKT.jpg)