विद्यार्थी नभए पछि विद्यालय बन्द/आलोपालोमा शिक्षकको हाजिरी

भक्तपुर २६ जेठ । Mybhaktapur.com व्यबस्थापन समिति र शिक्षकको कमजोरीका कारण भक्तपुरको चित्तपोल गाबिस वडा नं. ७ भंगाल स्थित भगवती प्राथमिक विद्यालय बिधार्थी नभए पछि बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयका शिक्षक राजनीतिक दलका प्रतिनिधी र अन्य कार्यमा व्यस्त रहेको र व्यबस्थापन समितिले विद्यालय राम्रो बनाउन कुनै चासो नदिए पछि बिद्यार्थी अभावमा बिद्यालय बन्द हुने अवस्थामा पुगेको हो । विद्यालयमा केहि समय अघिसम्म तीन विद्यार्थी रहेको तर ईट्टाभट्टाको मौषममा केहि विद्यार्थी बढे पनि अहिले ती विद्यार्थी घर फर्के पछि विद्यालयमा विद्यार्थी घटेका छन् ।

विद्यालयमा चार जना शिक्षक रहेपछि शिक्षकलाई समेत विद्यालयको तलब खाएर अन्य काममा जाने गरेको स्थानियले बताएका छन् । विद्यालय आउने विद्यार्थी पनि स्थानिय बासिन्दा नभई भंगालमा एकै घरमा डेरा गरि बस्ने बालबालिका भएको र उनीहरु पनि दैनिक विद्यालय नआउने गरेपछि शिक्षक समेत हाजिर गरेर बस्ने गरेको स्थानियको भनाई छ । २०४५ सालमा स्थापना भएको प्राथमिक विद्यालय २०५४ सालमा निम्न माध्यामिक विद्यालयको रुपमा अपग्रेट भए पनि विद्यार्थी नभएपछि पुन ः प्राथमिक बिद्यालयमा झारिएको विद्यालयका शिक्षक रामकुमार कार्कीले बताउनुभयो । निजी विद्यालयमा विद्यार्थी भर्ना गर्नेक्रम बढेपछि यस विद्यालयमा विद्यार्थी घट्दै गएको उहाले दाबी गर्नुभयो । चार रोपनी जग्गामा ६ कोठा रहेको विद्यालय भवनमा विद्यार्थी नभएकै कारण विगत दुईवर्ष देखि दुईवटा कोठा बाहेक अन्य चारवटा कोठा बन्द हुदै आएको शिक्षकले बताएका छन् ।
 
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष डोलबहादुर कार्कीले विद्यालयका शिक्षकले विद्यार्थी अभाब भएपछि नपढाई तलब खाने गरेकाले विद्यालय अब कसरी संचालन गर्ने भन्नेबारे छलफल भईरहेको बताउनुभयो । अधिकांश शिक्षक यही गाउँको र यही बस्ने भएपनि स्वयं यहाका शिक्षकका छोराछोरी भने निजी विद्यालयमा जान थाले पछि यहाका अन्य वासिन्दाले पनि बच्चालाई निजी विद्यालयमा पठाउन थालेपछि विद्यालय भवन संकटमा परेको हो । स्थानिय वासिन्दाले भने विद्यालयका शिक्षक राजनीतिक दलका प्रतिनिधी भएर बिभिन्न कार्यक्रम एवं बैठकमा जाने गरेको र कोही विद्यार्थी पढाउन छाडेर पत्रिकामा काम गर्न जाने गरेकाले विद्यार्थी घटेको आरोप लगाउनु भयो । 
 
व्यबस्थापन समितिले समेत बेवास्ता गरेका कारण विद्यालयको अवस्था बिग्रदै गएको गुनासो गर्दै स्थानियले अहिले यहाँका शिक्षक विद्यालयमा पालो गरेर आउने र चाडै नै फर्केर जाने गरेको बताउका छन् । जिल्ला शिक्षा कार्यालयले यस विद्यालयमा विगत पाँच वर्ष देखि अनुगमन नगरेकोले समस्या आएको व्यबस्थापन समितिको भनाई छ ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>