रु.१६ करोडको सडक निर्माणको टेण्डर फाराम भर्न नदिएको भन्दै निर्माण व्याबसायीद्धारा विरोध

भक्तपुर २२ जेठ । Mybhaktapur.com भक्तपुरको ग्रामिण एवं विकट गाविसको रुपमा रहेको सिपाडोल गाविसमा ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाले निर्माण गर्न लागेकोे १० किलोमिटर सडकको टेण्डर दर्ता गर्न नदिएको भन्दै निर्माण व्याबसायीहरुले बिरोध गरेका छन् । कूल १६ करोड रुपैयाको लागतमा निर्माणमा सुरु हुन लागेको सो सडकको टेण्डर प्रक्रियाको आज अन्तिम दिन समय भित्रै टेण्डर फाराम दर्ता गर्न कार्यालयभित्र प्रवेश गर्दा कार्यालय प्रमुख मोहन चापागाईले समय सकिएको भन्दै फाराम दर्ता गर्न नमानेको भन्दै निर्माण व्याबसायीहरुले विरोध गरेका हुन् ।

भक्तपुर निर्माण व्याबसायी संघका उपाध्यक्ष एवं स्वच्छ निर्माण सेवाका प्रतिनिधी शिवप्रसाद शिल्पकारले आयोजनाको कार्यालयको घडिमा निर्धारित समय भन्दा ७ मिनेट समय चलाख बनाएर राखेको र आफुहरु ७ मिनेट अगाडि नै टेण्डर फाराम दर्ता गर्न जादा समय सकिएको भन्दै फाराम दर्ता नगरे पछि व्याबसायीले सोको विरोध गरेको बताउनुभयो । आयोजनाका पदाधिकारी आर्थिक प्रलोभनमा परेर कार्यालयको घडि चलाख बनाएर राखेको आरोप लगाउदै उहाँले व्याबसायीले यसको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएको बताउनुभयो ।
 
मध्यमाञ्चल निर्माण व्यावसायी संघका अध्यक्ष कृष्णलाल भडेलले आयोजनाले समय बाँकी रहदा नै दुईवटा टेण्डर फाराम दर्ता गर्न नमानेको भन्दै व्याबसायीले विरोध गरेको बताउनुभयो । कार्यालयका प्रमुख नै आर्थिक प्रलोभनमा परेर समय बाँकी रहदा नै फाराम नलिएर नियम मिचेको बनाउदै उहाँले यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने समेत बताउनुभयो ।
 
यता आयोजनाका प्रमुख मोहन चापागाईले भने ३१ दिन अघिदेखि टेण्डर खुलेको र आज अन्तिम दिन १२ बजेसम्म मात्र समय भएकोमा १२ बजे नै दर्ता बन्द गराएको दाबी गर्नुभयो । चापागाईले भन्नुभयो—‘ अरु घडिमा कति बज्यो मलाई थाहा छैन, तर मेरो कार्यालयको घडिमा १२ बजेपछि दर्ता बन्द गराएको हुँ, जिल्ला प्रशासन कार्यालयले यसैबारे मलाई स्पष्टिकरण मागेको थियो मैलै स्पष्टिकरण दिईसके, अब उहाँहरु विरोध गर्दै जहा पुगेपनि पुगुन् मलाई मतलब छैन ।’ एशियाली विकास बैंकबाट सोधभर्ना गर्नेगरि तत्कालका लागि नेपाल सरकारको १६ करोड ११ हजार रुपैयाको लागतमा उक्त सडक निर्माण सुरु गर्न लागेको हो । 
 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>