भक्तपुर २० जेठ(MyBhaktapur.com) । मध्यपुरथिमी १६ मनोहरा खोला किनारमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई खेल सामग्री वितरण गरिएको छ । मध्यपुर युथ एशोसिएसन, नेपाल महिला एकता समाज र बाल विकास युवा सञ्चालले बस्तीका ३३ जना बालबालिकालाई खेल सामग्री वितरण गरिएको थियो । एशोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका अनुसार उनीहरुलाई झोला, जुत्ता, मोजा, ट्रयाक सुट, टिर्सट लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।