भक्तपुर २० जेठ(MyBhaktapur.com) । केदारनाथको शिरभाग डोलेश्वर महादेवको गुरुयोजना पुरा गर्न आयोजित महायज्ञमा ५ करोड ४० लाख रुपैया संकलन भएको छ । डोलेश्वर महायज्ञ आयोजना समितिले आज डोलेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष द्वारिका प्रसाद सत्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै महायज्ञमा ४ करोड ७३ लाख ५६ हजार रुपैया बराबरको विभिन्न भौतिक संरचनाहरु निर्माण गरिदिने प्रतिबद्धता आएको छ ।
महायज्ञमा ६४ लाख ३६ हजार १ सय ३७ रुपैया नगद आम्दानी भएकोमा २२ लाख ७५ हजार १ सय ९४ रुपैया खर्च भई ३० लाख ६० हजार ९ सय ४३ रुपैया बचत भएको आयोजकले जनाएको छ । त्यस्तै विभिन्न दाताहरुले दुई लाख ४२ हजार १ सय ११ नगद दिने प्रतिबद्धता जनाएको छ । महायज्ञमा मकवानपुर थानसिंह गाबिसको २१ रोपनी ९ आना १ पैसा, नगरकोट काभ्रे नाल्दुमको २० रोपनी , सिपाडोल गाबिस ६ स्थित एक आना जग्गा गरी कुल ४१ रोपनी १० आना १ पैसा जग्गा दिने प्रतिबद्धता जनाएको छ ।