नेपालकै अग्लो हनुमानको मुर्ति स्थापना

भक्तपुर २० जेठ(MyBhaktapur.com) । भक्तपुको दधिकोट ७ स्थित हिञ्चोक भैरव मन्दिरमा नेपालकै अग्लो हनुमानको मुर्ति स्थापना गरिने भएको छ ।  हिञ्चोक भैरव सुधार एवं  संरक्षण संस्थाले आज यहा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राजन बस्नेतले एक बर्ष भित्र १६ फिट अग्लो मुर्ति स्थापना गरिसक्ने बताउनुभयो ।

उहाका अनुसार मुर्ति एउटै ढुङगाबाट बनाउन लागेको हो । नवलपरासी जिल्लाको गैडाकोट खोलाबाट ल्याएको १६ फिट अग्लो ढुङगामा मुर्तिकार अमिर श्रेष्ठले मुर्तिको छातिमा राम र सिता रहेको हनुमानको पूर्णकद हुने बताउनुभयो । संस्थाको कोषाध्यक्ष कपिल बस्नेतले विभिन्न दाताबाट १ लाख ५७ हजार ७ सय ८४ रुपैया आर्थिक सहयोग संकलन भएको छ । त्यसमा १० लाख ९८ हजार ५ सय ४९ रुपैया खर्च भइसकेको जानकारी दिए ।
 
अहिलेसम्म ऋण लिएर काम भइरहेको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाका सल्लाहाकार प्रेम बहादुर खड्काले हिञ्चोक भैरवको महिमा र किंवदन्तीको बारेमा प्रकाश पार्दै साढे तीन रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा राम, सिताको मन्दिर समेत निर्माण गरिने जानकारी दिनुभयो ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>