चाँगुरोडमा गाडी पल्टिँदा ५४ घाइते

भक्तपुर, १९ जेठ । Mybhaktapur.com भक्तपुरबाट चाँगुनारायण जाँदै गरेको यात्रुबस शुक्रबार दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । भक्तपुरको छालिंग गाविस वडा नं २ ढुंगेपाटीमा तीव्र गतिमा रहेको यात्रुबस सडकबाट खेतमा पल्टँदा गाडीमा सवार अधिकांश घाइते भएका हुन् ।
 
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर मिनिबस सेवा समितिअन्तर्गत काठमाडौं भक्तपुर चाँगु रुटअन्तर्गत चल्ने बा २ ख ६२७४ नम्बरको यात्रुबस तीव्र गतिमा गुडाउँदा सडकबाट पल्टेको थियो ।
 
दुर्घटनामा परी घाइतेहरुलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल पु¥याइएको थियो । एकैपटक ५४ जना बिरामी अस्पताल ल्याइएपछि अस्पतालको इमजेन्सी कक्षमा घाइते र उनका आफन्तको भीड जम्मा भएको थियो । इमरजेन्सी कक्षमा रहेका सीमित स्वास्थ्यकर्मीलाई कुन घाइतेलाई पहिले हेर्ने भन्ने द्विविधा उत्पन्न भएको थियो । कोही घाइते गम्भीर नभए पनि भक्तपुर अस्पतालको जनशक्तिले हेर्न नसकेपछि आफन्तले रिफर मागेर घाइतेलाई काठमाडौं तथा ललितपुरका अस्पताल दौडाएका थिए ।
 
हुलमुलका सबैजसो बिरामीले रिफर माग्न थालेपछि भक्तपुर अस्पतालका चिकित्सकलाई झनै भ्याईनभ्याई भएको थियो । एकदुईजना घाइते मात्रै आउँदा हेर्न नसक्ने भक्तपुर अस्पतालका चिकित्सकहरु शुक्रबार एकैपटक पचासौं घाइते उपचारका लागि आएपछि कुनै पनि घाइतेलाई राम्रोसँग हेर्न पाएनन् । ‘घाइतेको चाप र आफन्तहरुको हुलमुलले घाइतेलाई राम्ररी जाँच नै गर्न पाइएन’, एक चिकित्सकले भने, ‘घाइतेहरु कराउन थालेपछि एकएक गरी हेर्न सम्भव नभएपछि आफन्तले नै काठमाडौंमा रिफर मागेपछि हामीले रिफर ग¥यौं ।’ उनका अनुसार गम्भीर खालका घाइते खासै थिएनन् । तैपनि घाइतेका आफन्तले रिफर मागेपछि भक्तपुर अस्पतालमा हुलमुल गर्नुभन्दा उतै पठाउनु राम्रो भनी रिफर गरिएको उनको भनाइ थियो ।
 
इमरजेन्सीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घाइतेको उपचारमा ध्यान नदिएको भनी घाइते आफन्तले आवाज उठाएपछि केही समय भक्तपुर अस्पताल परिसरमा तनावको स्थिति उत्पन्न भएको थियो । घाइतेका आफन्तले तवान सृजना गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक नारायणसिंह खड्का स्वयम् भक्तपुर अस्पताल पुगेका थिए । तैपनि आफन्तले घाइतेको उपचारमा वेवास्ता गरेको भन्दै आक्रोश पोखेपछि झडपको स्थिति उत्पन्न भएको थियो । घाइतेका आफन्त र प्रहरीबीच नै झडपको स्थिति देखिएपछि प्रहरीले भक्तपुर अस्पतालमा बाँबी बिरामीलाई पनि भक्तपुरमा सञ्चालित सम्पूर्ण एम्बुलेन्स मगाएर उपचारको लागि काठमाडौं पठाएका थिए ।
 
भक्तपुर अस्पतालका अनुसार घाइते सबैको उपचार भक्तपुरमै सम्भव थियो । घाइतेको उपचार हुँदै गर्दा घाइतेका आफन्तहरुको भीडले उपचारमै समस्या आएको अस्पतालका एक चिकित्सकले बताए । दुर्घटनामा परी घाइते भएका छालिंग २ का विदुर केसीका अनुसार गाडीले क्षमताभन्दा बढी यात्रु बोकेको र तीव्र गतिमा चलाइएकोले अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । उनका अनुसार गाडीमा छटमा उनीसँगै दुईदर्जन यात्रु थिए भने गाडीभित्र पनि ५० भन्दा बढी यात्रु थिए । गाडीभित्र सवार घाइतेहरुका अनुसार गाडी सहचालकले चलाएको र चालक भने गाडीमै रहेका महिला यात्रुसँग कुरा गर्दै थिए ।  महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चालक फरार छन् । 
 
गत चैत २४ गते पनि सोही बाटोमा यात्रुबस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>