भक्तपुर १७ जेठ(Mybhaktapur.com) । भक्तपुरमा आजबाट सुरु भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेस्टिक तर्फ १५ सय मिटर छात्र दौडमा सैनिक आवासिय महाविद्यालय भक्तपुरका जीवन थापा प्रथम भएका छन् । त्यसैगरी सैनिक माÞवि कै सिद्धान्त शाही दोश्रो र एसओएस उमाविका ज्ञानेन्द्र पोखरेल तृतीय भएका छन् । त्यसैगरी १५ सय मिटर छात्रा दौड प्रतियोगितामा ग्लाडस्टोन एकेडेमीका सर्मिला क्षेत्री प्रथम, वासु उमाविका पुजा थापामगर दोश्रो र सैनिक उमाविका समिना कुमाल तृतिय भएका छन् ।
त्यस्तै एकसय मिटर दौडमा सैनिक उमाविका संगम शाही प्रथम, सोही विद्यालयका कुशल कार्की र एसओएसका जगदिश घिमिरे तृतीय भएका छन् । त्यस्तै छात्रा तर्फ एसओएसका निरु श्रेष्ठ प्रथम, सैनिक विद्यालयका अमृता राउत, सोही विद्यालयका समिना कुमाल तृतीय भएका छन् । आजै भएको सटपुट खेलमा छात्र तर्फ ओम स्कूलका दिलकुमार पाख्रिन प्रथम, होली गार्डेन स्कूलका सुनिल माझी दोश्रो, सैनिक स्कूलका विकल पौडेल तृतीय भएका छन् । त्यस्तै छात्रतर्फ सटपुट छात्रा तर्फ ओम स्कूलका शर्मिला ह्वाले प्रथम, सैनिक स्कूलका पुजा गुरुङ्घ दोश्रो र एसओएसका कोपिला तामाङ्घ तृतीय भएका छन् ।
त्यसैगरी आजै भएको भलिबल खेलमा छात्र भलिबल तर्फ पद्म मा.वि द्धारा पञ्चकन्या मा.वि पराजित,.होली गार्डेन इ.स्कुलद्धारा युनिटि इ.स्कुल पराजित, एपेक्स इ.स्कुलद्धारा प्रज्ञा इ.से स्कुल पराजित, सैनिक आ.मा.विद्धारा बासु उ.मा.वि पराजित, ओम सेकेन्डरी इ.स्कुल द्धारा तारा मा.वि पराजित भएका छन् ।त्यसैगरी छात्रा भलिबल ओम सेकेन्डरी इ.स्कुलद्धारा बासु उ.मा वि पराजित, प्रज्ञा इ.से स्कुलद्धारा गणेश मा.वि पराजित, सैनिक आ.मा.विद्धारा डेमोस इ.से स्कुल, विद्यादिप ज्योती इ.स्कुल द्धारा हिमालय ग्लोरी इ.स्कुल पराजित भएको छ । भलिबल तर्फ आजको खेलमा पराजित भएका खेलबाट बाहिरिने भएका छन् भने अरुको भोली खेल जारी रहने आयोजकले बताएको छ ।