भक्तपुर, १६ जेठ । Mybhaktapur.com माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा राष्ट्रिय स्पर्धा मानिने राष्ट्रपति रनिंग शिल्ड भक्तपुरमा बुधबारदेखि हुने भएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगिताको यस वर्षको चौथो संस्करणमा कूल २२ स्वर्णका लागि २३ विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थी भिड्ने भएका छन् । प्रतियोगितामा एथलेटिक्समा छात्र र छात्रातर्फ १०/१० र भलिबलमा छात्र र छात्रातर्फ १/१ गरी कुल २२ वटा इभेन्टमा प्रतिस्पर्धा हुन लागेको हो । समितिले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार प्रतियोगितामा एथलेटिक्समा ट्रयाकतर्फ छात्र र छात्रा ६/६ तथा फिल्डतर्फ ४/४ वटा स्पर्धा हुनेछन् । जसअनुसार ट्रयाकतर्फ छात्र एकसय मिटर, दुई सय मिटर, पन्ध्रसय मिटर, पाँच हजार मिटर र चारसय रिले हुनेछन् ।