कोलाकोता आइपिएल च्याम्पियन

चेन्नई, जेठ १५ (एएफपी)- कोलकाता नाइट राइडर्सले पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ। बलिउड स्टार शाहरूख खानको टोलीले आइतबार राति सम्पन्न फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्‍यो। 

आइपिएलको पाँच संस्करणमा चौथोपटक फाइनल खेलिरहेको चेन्नईले आफ्नो घरेलु मैदान एमए चिदाम्बरम् रंगशालामा ३ विकेट गुमाई १ सय ९२ रन बनायो। विजयलाई अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा मनोज तिवारीले लगातार दुई चौका प्रहार गरेपछि कोलकाताले दुई बलअगावै लक्ष्य पूरा गर्‍यो। कप्तान गौतम गम्भिर र युसुफ पठानलाई सबैभन्दा ठूलो रकममा भिœयाएपछि कोलकाता पहिलोपटक फाइनल पुग्यो। तर फाइनलमा दुवै असफल रहे। गौतम पहिलो ओभरमै २ रन बनाई बेन हिल्फेनहाउजको बलमा बोल्ड भए। पठान पनि १८औं ओभरको पहिलो बलमा १ रन बनाएर पवेलियन फर्के। पठानको हकमा उनका लागि यो दोस्रो उपाधि थियो। सन् २००८ मा राजस्थान रोयल्सलाई पहिलो संस्करणमा उपाधि दिलाउँदा पठान फाइनलमा म्यान अफ द म्याच थिए।

यसपटकको फाइनलको नायक थिए मनविन्दर विस्ला। उनले ४८ बलमै ८९ रन बनाए, जसमा ८ चौका र ५ छक्कासामेल थियो। कोलकाताका मुख्य बलर लक्ष्मीपति बालाजी घाइते भएर खेल्न नसक्नु उनका लागि भाग्यशाली बन्यो। बालाजी घाइते भएपछि अस्ट्रेलियन बलर ब्रेट लीले उनको स्थान लिए। ली अन्तर्राष्ट्रिय खेलाडीको कोटामा परेपछि विल्सालाई ब्रेन्डन म्याकलमको स्थानमा खेलाइएको थियो। विल्साले ज्याक कालिससँग दोस्रो विकेटमा १ सय ३६ रनको साझेदारी गरे। कालिसले ४९ बल खेली ७ चौका र १ छक्का प्रहार गरे। तिवारी ९ र शकिब अल हसन ११ रन बनाई अविजित रहे। 

सुरेश रैनाले ३८ बलमै ७३ रन बनाउँदा यसअघि चेन्नईले विशाल स्कोर बनाएको थियो। उनले ३ चौका र ५ छक्का प्रहार गरे। माइक हसी (५४) र मुरली विजय (४२) ले पहिलो विकेटमा ८७ रनको साझेदारी गरेपछि उनी रैनाले इनिङ जमाएका थिए।  कोलकाताका सुनिल नारिन म्यान अफ सिरिजमा चुनिए। उनले प्रतिओभर ५.४७ रनमात्र दिएर २४ विकेट लिए। क्रिस गेल उत्कृष्ट ब्याट्सम्यान र मोर्ने मोर्केल उत्कृष्ट बलर बने। गेलले १६०.७४ को स्ट्राइक रेटमा ७ सय ३३ रन बनाए। मोर्केलले २५ विकेट लिए।  कोलकाताले विजयसँगै २० लाख डलर हात पार्‍यो। चेन्नईको भागमा १५ लाख डलर पर्‍यो। कोलकाता र चेन्नईसँग तेस्रो भएको दिल्ली डेरडेभिल्सले यसै वर्षको अगस्टमा भारतमा हुने विश्व ट्वान्टी-२० च्याम्पियन्स लिगमा भारतीय टोलीको प्रतिनिधित्व गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>