उपत्यका मै पहिलो पटक सिंगो गाविस खुला दिशामुक्त क्षेत्र बन्यो-जरिवाना एवं पुरस्कारको व्यबबस्था

भक्तपुर १४ जेठ । उपत्यका मै पहिलो पटक भक्तपुरको कटुञ्जे गाविस पूर्ण रुपमा खुला दिशा मुक्त गाविस बनेको छ । यसअघि उपत्यकाको केही गाविसका सिमित क्षेत्रलाई खुला मुक्त क्षेत्र घोषणा गरेपनि सिंगो गाविसलाई पूर्ण रुपमा खुला दिशा मुक्त क्षेत्र बनाइएको भने यो पहिलो गाविस हो ।

कटुञ्जे गाविस कार्यालयको नेतृत्वमा स्थानिय चार वटा खानेपानी आयोजना सहितको संलग्नतामा उपत्यका मै पहिलो पटक योे गाविस खुला दिशा मुक्त क्षेत्र बनेको कटुञ्जे गाविस कार्यालयका सचिव लेखनाथ भट्टराईले बताउनुभयो । गाविसमा कूल दुई हजार घरधुरी रहेकोमा वडा नं. ३ को दलित वस्ति र अन्य वस्तिका शौचालय नभएका ७५ वटा घरमा शौचालय निर्माण गराएपछि यो गाविस खुला दिशा मुक्त क्षेत्र बनेको सचिव भट्टराईले जानकारी दिनुभयो ।

शौचालय नभएका घरलाई गाविसले शौचालय निर्माणका लागि प्रति गाविस तीन हजार एक सय रुपैया र डिभिजन खानेपानी कार्यालयले एक हजार रुपैया र प्यान लगायतका सामाग्री उपलब्ध गराएर सत् प्रतिशत घरमा शौचालय पुर्याएपछि यो गाविस खुला दिशामुक्त गाविस बनेको हो । यस गाविस क्षेत्रमा जथाभावि फोहोर गर्ने तथा खुला दिशा, पिसाब गर्ने व्यक्तिलाई जरिवाना समेत गरिने भएको छ ।

कति जरिवाना गर्ने, खुला दिशामुक्त एवं फोहोर मुक्त गाविस बनाइराख्न आचार संहिता निर्माण भइरहेको बताउदै सचिव भट्टराईले यसका लागि गाविस सचिवको संयोजकत्वमा १५ जना रहेको मूल समिति र पाँवटा उपसमिति समेत निर्माण गरिएको छ । गाविसमा खुला, दिशा पिसाब गर्ने र जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्ने र यसको जानकारी दिनेलाई पुरस्कारको व्यबस्था गरिने भएको हो ।

यसका साथै गाविसले आजै देखि यस गाविसमा फोहोर संकलन एवं जनचेतना अभियान सुरु गरेको छ । यस गाविसलाई फोहोर मुक्त बनाउन विभिन्न स्थानमा फोहोर संकलन गर्ने बक्सहरु राख्ने र प्लाष्टिक मुक्त गाविस बनाइने सचिव भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>