प्रहरीद्धारा ११ जना यौनकर्मी महिला पक्राऊ

       भक्तपुर १२ जेठ । Mybhaktapur.com महानगरीय प्रहरी बृत्त थिमिले अरनिको राजमार्ग क्षेत्रमा संचालित विभिन्न रेस्टुरेष्टमा छापामारी यौन व्यावसायमा संलग्न रहेको आरोपमा ११ जना महिलालाई पक्राउ गरेको छ । राजमार्गमा संचालित फरेष्ट, फ्रेण्डसिप, चाईना टाउन लगायतका रेष्टुरेष्टमा आज छापा मारी यहाँ यौन कार्यका लागि ल्याइएका ११ महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सबै महिलालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>