भक्तपुर १२ जेठ । Mybhaktapur.com आफ्नो परम्परागत सिकर्मी पेशा करको दायरामा ल्याएको भन्दै सिल्पकार समाजले आज आन्तरिक राजस्व कार्यलय भक्तपुरमा ज्ञापन पत्र वुझाएको छ । समाजका उपाध्यक्ष द्धय पुरुषोत्तम सिल्पकार र गणेशभक्त सिल्पकारको नेतृत्तवमा शुक्रवार ५ वुदें माग राखि कार्यलय प्रमुख दिपक खरेललाइ ज्ञापन पत्र वुझएको हो । ज्ञापन पत्र वुझदै कार्यलय प्रमुख खरेलले सिकर्मी पेशा परम्परागत पेशा भएको भन्दै उहाले विभाग आफै यस पेशालाइ पुर्णरुपले भ्याटमा दाएरामा ल्याउन अन्यौलतामा पेरेको छ । यसो भन्दैमा माग अनुसार सरकारवाट कर छुट भने हुन नसकिने भन्दै २० भन्दामाथिको कारोवारलाइ मात्र भ्याटको दायरा आउने र सो भन्दा कम कारोवार गर्ने लाइ भ्याट नलाग्ने गरि नितिगत व्यस्था गर्न विभागलाइ सिफारिस गरिने आस्वासन दिनुभयो ।