खानेपानी आयोजनामा लाखौको भ्रष्टाचार खानेपानीको हाहाकार

Topics:

भक्तपुर १० जेठ । Mybhaktapur.Com सिरुटार खानेपानी आयोजनामा व्यापक आर्थिक अपचलन भएर विवाद भएपछि खानेपानीको वितरण सहज नहुदाँ खानेपानीको हाहाकार भएको छ । विगत दुईवर्ष देखि आयोजनाका केही पदाधिकारीले अन्य पदाकिारीलाई समेत जानकारी नगराई ५० लाख भन्दा बढी रकम अपचलन गरेको कुरा बाहिर आएपछि आयोजनामा विवाद सुरु भएको हो । आयोजनाका प्रमुख व्यक्तिबाटै रकम अपचलन भएको आरोप पदाधिकारीले लगाएका छन् ।

आयोजनामा रकम अपचलन गरेको थाहा पाएर विवाद भएपछि केही पदाधिकारीले तत्कालै राजिनामा दिएको भएपनि भ्रष्टाचारबारे अझै छानविन नभएको र  पानी वितरणमा समेत अनियमितता भएको स्थानियले बताएका छन् । आयोजनाका पदाधिकारीहरु बिच नै विवाद भएका कारण खानेपानी वितराण समेत नियमित एवं व्यबस्थित हुन नसकेको कर्मचारीले बताएका छन् ।

 विगत दुईवर्ष देखि पानी नआएका धारामा पानी संचालन गर्न समेत समितिले चासो नदिएको र खुल्लम खुल्ला मेशिन लगाएर पानी तान्ने गरेको देखेर पनि कर्मचारी एवं पदाधिकारीले नदेख जस्तो गर्ने गरेकाले सबै धारामा पानी पुग्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

सिरुटारका मोहन राईले धारामा पानी नआएको दुईवर्ष देखि जानकारी गराउदा पनि चासो नदिएको तर धाराको बिल भने पठाउने गरेको बताउदै उहाँले पदाधिकारीको घर तथा छिमेकीमा प्रशस्त पानी छोड्ने अन्यलाई वेवास्ता गर्ने गरेको बताउनुभयो । पदाधिकारीहरुका घर तथा टोलमा भने अत्याधिक पानी वितरण गर्नाले तरकारी खेतीमा समेत खानेपानी लगाउने गरेको तर सिरुटारका तल्लो भेगका वासिन्दालाई पानी नआएको वर्षदिन वित्दा पनि पानी सूचारु गर्न पदाधिकारीले चासो नदिएको उपभोक्ताले बताएका हुन् ।

मेशिन लगाएर पानी तान्नेलाई कुनै कारबाही नगरेको र पानी वितरणमा असमान गरेकाले सिरुटार गाविसका आधा भन्दा बढी बासिन्दाले वर्षौ देखि खानेपानी नपाएका हुन् । आयोजनाका कर्मचारीले उत्तम लामाले मोटर लगाएर पानी तानेको देखे पनि पक्राउ गर्न जादा उल्टै धम्कि दिने गरेको बताउनुभयो । आर्थिक प्रलोभनका कारण आयोजनाले एउटै घरलाई तीनवटासम्म धारा दिएको र कुखुरा पालन गर्नेलाई समेत खानेपानीको धारा दिएको छ । क्षमता भन्दा बढी धारा वितरण गरेको आयोजनाले अझै पनि धारा वितरण कार्यलाई जारी राख्दा खानेपानीको समस्या बढ्दै गएको हो । दिनमा एक समय मात्र पानी वितरण गर्दै आएको आयोजनाले केही दिन देखि भने एक दिन विराएर मात्र पानी वितरण गर्न थालेपनि आधा भन्दा बढी उपभोक्ताले पानी पाएका छैनन् । ʻघरमा धारो छ, पानी नआएको डेढवर्ष भयो, अध्यक्ष लगायतका पदाधिकारीलाई पटकपटक भनियो तर पनि पानी पाइएन विहान सबै काम छोडेर छिमेकी गाविस बालकोटसम्म पानी लिन जानुपर्छʼ(( सिरुटार १ का उमेश गिरीले बताउनुभयो ।

आयोजनाका अध्यक्ष रमेश मिश्रले आयोजनामा आर्थिक अनियमितता भएको कुरा असत्य भएको दाबी गर्दै समान रुपमा पानी वितरण हुन नसकेको स्वीकार गर्नुभयो । समान रुपमा पानी वितरण गर्न पाईप लाईन नै फेर्नु पर्ने भएकाले यसका लागि पहल भइरहेको बताउदै उहाँले मोटर लगाएर पानी तान्ने उपभोक्तालाई कारबाही गर्ने नीति बनाउन लागेको बताउनुभयो । आयोजनाका सचिव आत्माराम अधिकारीले आयोजनामा रकम अपचलन भए नभएको बारे छानविन भइरहेको बताउदै खानेपानी कतै आउने रकतै नआउने समस्या जटिल बन्दै गएकाले समाधानको लागि प्रयास भइरहेको बताउनुभयो । यता पानी नपाएका आक्रोसित उपभोक्ताले भने आयोजनामा आर्थिक अपचलन भएकाले स्थापना देखि अहिलेसम्म अधिवेशन हुन नसकेको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>