भक्तपुर ८ जेठ । (Mybhaktapur.Com) लगातारको बन्दका कारण भक्तपुरका तरकारी र दूध उत्पादन गर्ने कृषकहरुले लाखौको नोक्सानी व्यहोर्नु परेको छ । लामो बन्दका कारण जिल्लामा सब भन्दा बढी तरकारी उत्पादन हुने थिमिको मनोहरा फाँट, बोडे, नगदेश, भक्तपुरको व्याँसी र ग्रामिण क्षेत्रका सिपाडोल, ताथली, नंखेल, सुडाल, दुवाकोट, झौखेल, वागेश्वरी लगायतका गाविसमा उत्पादन भएका लाखौ रुपैया बराबरको तरकारी बजारमा लैजान नपाएपछि कृषक मर्कामा परेका हुन् ।
विशेष गरि हरिया तरकारी काउली, बन्दा, फर्सि, तितेकरेला, बोडी, सिमि, गोलभेडा, फर्सिको मुण्टा, हरियो खुर्सानी, धनिया, साग, काक्रो लगायतका तरकारीहरु टिपेर बजार लैजान नपाए पछि विग्रन थालेको कृषकहरुले बताएका छन् ।
वागेश्वरी गाविसमा लगाइएको एकसय रोपनी भन्दा बढी जग्गामा लगाइएको गोलभेडा बोट मै कुहिन थालेको, फर्सिको मुण्टा, काक्रो, फर्सि, तितेकरेला, बोडी छिप्पिदै गएको छभने टिपेका तरकारी समेत बजार पुर्याउन नपाउदा घर मै कुहिन थालेको कृषकहरुले बताएका छन् ।
यसवर्ष भक्तपुरमा राम्रो तरकारी उत्पादन भएपनि बन्दका कारण समय मै तरकारी बजार पुर्याउन नसक्दा कृषकले लाौ वयहोर्नु परेको जिल्ला कृषि विकास कार्यालय भक्तपुरले जानकारी दिएको छ । कार्यालयका प्रमुख बलराम कोइरालाले कृषकले बजार पुर्याउन नपाउदा तरकारी विग्रदै गएको बताउनुभयो ।
उपभोक्ताले तरकारी मंहगो मूल्यमा किन्न परेको तर कृषकले उत्पादन गरेको तरकारी भने मूल्य नपाउदै बिग्रन थालेको कृषकहरुको गुनासो रहेको छ । सिपाडोलका कृषक रामकृष्ण तामाङ्गले भाडामा जमिन लिएर तरकारी उत्पादन गरेको भएपनि लगातारको बन्दका कारण तरकारी बजार पुर्याृन नपाउदा नोक्सान व्यहोर्नू परेको बताउनुभयो ।
त्यसै गरि भक्तपुरका दूग्ध व्याबसायी कृषकले उत्पादन गरेको लाखौ लिटर दूधले समेत बन्दका कारण बजार नपाउदा समस्या परेको कृषकले बताएका छन् । जिल्लाको दुवाकोट गाविसका कृषक राधेश्याम अधिकारीले लामो समय देखिको बन्दका कारण बजारमा दूध पुरयाउन नपाउदा कृषकहरुले नोक्सान व्यहोर्नु परेृको बताउनुभयो ।
सामान्यतया दूध बिक्री गर्ने कृषकका घरमा कम्तीमा ५ लिटर दूध दैनिक उत्पादन हुने तर घरमा खाना नसक्ने र बजार पनि लैजान नसक्ने कारण नोक्सान व्यहोर्नु परेको बताउनुभयो । जिल्ला दूग्ध व्याबसायी संघ भक्तपुरले जिल्लामा उत्पादन हुने लाखौ लिटर दूध बजार पुग्न नसक्दा हजारौ कृषक मर्कामा परेको जनाएको छ । यसले जिल्लाका कृषकले बन्द कै कारण लाखौको नोक्सानी व्यहोर्नु परेको जनाएको छ ।