भक्तपुर ७ जेठ । MyBhaktapur.Com आदीवासी जनजातिले आव्हान गरेको नेपाल बन्दको क्रममा आज भक्तपुरको थिमिस्थित नगदेशका तरकारी उत्पादन गर्ने कृषकले आफूले उत्पादन गरेको तरकारी सडकमा ल्याएर फ्यालेका छन् ।

कृषकले ५० हजार भन्दा बढीको तरकारी सडकमा ल्याएर फ्यालेर प्रदर्शन Photo:MyBhaktapur.Com
नगदेशका करिब ५० जना कृषकले ल्याएको हरिया तरकारी थिमिको बाखा बजारमा ल्याएर फालेका हुन् । कृषकले धनिया, लसुन, प्याज, चौसुर, पालुङ्गो, गाजर लगायतका तरकारीहरु ल्याएर सडक मै फ्याकेका हुन् ।
कृषकले करिब ५० हजार भन्दा बढीका तरकारी सडकमा फ्यालेर कृषकले प्रर्दशन गरेका हुन् ।