राजीब खत्री- (Mybhaktapur.Com) मिस नेपाल प्रतियोगितामा २३ बर्षिया सृष्टि श्रेष्ठले उपाधी जितेकी छिन् ।
नारीलाई पशुहाटमा बेच्न राखिएको पशुजस्तो बनाईएको छ, जसलाई खरिदारहरु घुमिघुमि हेर्छन । ओठ जबरजस्ती च्यातेर कति दाँते रहेछ हेर्छन् । हिडाई कस्तो छ, एकछिन हिडाउँछन् । मनलाग्दी अनि अरु के के जाती परिक्षण गर्छन् र, मन परे खरिद गर्छन् । सुन्दरी प्रतियोगिताको छनौट पनि ठ्याक्कै यस्तै हुन्छ, केहीबेरको हिडाई, केहीबेरको बोलाई, केही प्रश्नको उत्तर अनि मनपरे सुन्दरीको ताज । अब भन्नुहोस्, पशुहाटका पशु र सुन्दरी प्रतियोगितामा नारीको स्तरमा कति फरक छ ?
सन्दर्भ सुन्दरी प्रतियोगिताको हो । यसका नाममा विकृति र विसंगति बढ्दै छन् । सुन्दरता र ब्यक्तित्वको नाममा नारीलाई पैसामा किनेर उसका संवेदनशिल अङ्ग हेर्ने र अरुलाई देखाउने यो असभ्य, प्राचिन जंगली व्यवहार र घृणित काम हो । आफ्नो व्यापार प्रबद्र्धन गर्न केही बहुराष्ट्रिय कम्पनीले दुई चार अक्षर पढेका अल्लारे युवतीलाईमात्र होइन, केही रकम र व्यक्तित्वको ध्वाँस दिएर आफुलाई आधुनिक र सभ्य ठान्ने शिक्षित शहरिया युवतीलाई पनि नाङ्गिन लगाउँछन् ।
दर्जनौ संघ संस्था र उल्लेख्य मानिसहरुको बिरोध हुदा हुदै पनि पछिल्ला दिनमा मिस नेपाल लगायतका कथित सुन्दरी प्रतियोगिता अनावश्यक भन्दै विरोध गर्ने माथी लाठी बर्षाएर भए पनि प्रतियोगिता सम्पन्न हुदै आएको छ । यस वर्षको प्रतियोगिताको लागी पनि उत्कृष्ट भन्दै २० जनाको नामावली निकाली सकिएको छ । जति नै विरोध गरे पनि एकाध उदाहरण बाहेक प्रतियोगिता गर्नेले गरेरै छाडेका छन् र ताज पहिरिनेले पहिरेरै छाडेका छन् । संसार संस्कार, विश्वास, प्रेम र आस्थाको भरमा चलेको छ । त्यही कारण मानव सभ्यता आजको अवस्थासम्म आई पुगेको छ । संस्कार र आस्था बिर्सेर गरिएका कुराहरु त्यही नै अस्थायी, सस्ता र तुच्छ पनि हुन्छन्, जसले सभ्यतालाई उल्टो दिशानिर्देश गराउँन चाहान्छ ।
संसारमा प्राणी चेतनशील र अर्धचेतनशील गरेर दुई प्रकारका छन् । चेतनशील र अर्धचेतनशील प्राणीबीचको भिन्नता पाँच बुँदाबाट छुट्टयाउन सकिन्छ । ती हुन् : डर, लाज, भुत, वर्तमान र भविश्य । मानिस चेतनशील प्राणी हो, जोसँग यी पाँच तत्वहरु छन् । हामी यी तत्वहरुमा बाधिएर बस्न सक्दैनौ भने जंगली युग तर्फ फर्कनु पर्छ । जहाँ न कसैको मान हुन्छ न अस्मिता हुन्छ, न सुरक्षा हुन्छ न त जिम्वेवारी नै । अनि जहाँ अतित र इतिहासले सिकाए, स्विकारेका कुराहरु वर्तमानमा नकारिन्छ । प्रयोग र आधुनकिताको नाममा वर्तमान भताभुंग बनाएर भविष्यलाई क्यारेमका गोटी झै विवेकहिन बनाउँदै यता र उता ठोकाइन्छ ।
हाम्रा चेलीहरु बुझेर हो वा नबुझेर केही रकम पाईने र सञ्चार माध्यममा देखिने लोभमा अर्काको खेलौना हुनुपर्दा पनि मख्ख परेका हुन्छन् । प्रकृतीप्रदत्त यी संवेदनशील अङ्ग देखाई दिएको भरमा २/४ जनाले त केही रकम र एक वर्षको लागी जागिर पाउलान, तर के जीवनको लक्ष्य यही हो त ? शरिरका भरमा पाएको जागिर र सफलताको स्थायित्व कति बर्षसम्म रहला ? आयोजक र सहभागीले सोच्नु पर्ने के हो भने कुनै नारीलाई सुन्दरता र आधुनिकताको नाममा अर्धनग्न बनाएर कथित क्याटवाक गर्न लगाएर सञ्चारमाध्यममा देखाईन्छ । यसलाई यौनशोषण भन्न मिल्दैन ? कि कुनै लोभ वा त्रास देखाएर शारिरीक सम्र्पक राख्नु मात्रै यौन शोषण हो ।
नारीलाई नंग्याएर, सञ्चारका माध्यमबाट आफ्नो व्यापार प्रबद्र्धन गरी बहुराष्ट्रिय कम्पनी मोटाउने काम गरि रहेका छन् । यो नारी माथीको चरमशोषण र दास बनाउँने नयाँ प्रवृती हो । सञ्चारमाध्यमले विज्ञापनको लोभमा यसलाई प्रश्रय दिइरहेका छन् ।
समले भनेका छन् जाने नारी रत्न हुन्, नजाने भूजङ्ग हुन् । उजाड जमिनमा बोटबिरुवा रोपेर हरियाली बगैचामा फुल फुलाएर मनमोहक बनाईन्छ भने त्यसलाई अनुपम, मन्त्रमुग्ध पार्ने भनिन्छ । यसको उल्टो सुख्खा र नांगो मरुभूमिलाई सुन्दर भन्न सकिदैन । यो अर्थमा कपडा सहितको मानिसको शरिरमात्र सभ्य र इतिहासबाट लिइएको ज्ञानको प्रमाण हो । कपडा फुकाली अर्धनग्न बनेर संवेदनशील अङ्ग प्रदर्शन गर्दा सुन्दरताको प्रर्दशन हुन्छ की कुरुपताको ? नाङ्गिदा सुन्दरी होइन्छ भने विवाहमा सारी, चोलो र गहनामा सजिएकी बेहुली कुरुप हुन्छिन् त ?
प्रतियोगिताका नाममा नारीमाथि शोषण भएको छ । नारीलाई पशुहाटमा बेच्न राखिएको पशुजस्तो बनाईएको छ, जसलाई खरिदारहरु घुमिघुमि हेर्छन । ओठ जबरजस्ती च्यातेर कति दाँते रहेछ हेर्छन् । हिडाई कस्तो छ, एकछिन हिडाउँछन् । मनलाग्दी अनि अरु के के जाती परिक्षण गर्छन् र, मन परे खरिद गर्छन् । सुन्दरी प्रतियोगिताको छनौट पनि ठ्याक्कै यस्तै हुन्छ, केहीबेरको हिडाई, केहीबेरको बोलाई, केही प्रश्नको उत्तर अनि मनपरे सुन्दरीको ताज । अब भन्नुहोस्, पशुहाटका पशु र सुन्दरी प्रतियोगितामा नारीको स्तरमा कति फरक छ ? उनलाई वर्ष दिन सम्म विवाह गर्न दिईदैन । उमेर पुगेका चेलीलाई कसैले विवाह गर्न रोक्न मिल्छ ? के विवाह पछि सुन्दरीको सुन्दरता गायव हुन्छ ? उनलाई विज्ञापनको साधन बनाईन्छ, मनोरञ्जनको साधन बनाईन्छ । के नारीको सुन्दरता अरुका लागी मनोरञ्जन प्रदान गर्ने साधन हो ? पसलमा राखिएका डमी र नारीमा केही फरक छैन ?
हुन त उनीहरुले सुन्दरीको कथित ताज पहिरिएपछि सानो उमेरमा धेरै सामाजिक काम गरेको दावी गरेका छन् । त्यसो हो भने सुन्दरी प्रतियोगिता नगरी अरु कुनै माध्यमबाट नारीलाई सामाजिक काममा लगाउँन सकिन्छ नि । यसमा नारीको इज्जत रहन्छ र सामाजिक प्रतिष्ठा पनि । यसरी शरिर जोखाएर आएकाहरु भन्दा सुन्दर त अनुराधा कोइराला, चरी माया तामाङ्ग, एकल महिलाको हक हितका लागी अगुवाई गर्ने लिली थापा, अपाङ्ग भएर पनि अमुल्य साहित्य सृजना गर्ने झमक कुमारी घिमिरे हुन । माध्यम सही भए पनि प्रस्तुती भएन । अहिलेका बुद्धी जिविहरुले के जान्नु पर्छ भने सुन्दरता भन्ने कुरा मान्छेको गुण र क्षमतामा र्निभर कुरा हो । यसको मापन कुनै व्यक्तीको कोमल शरिर प्रदर्शन गरेर हुने कुरा हैन । पुठ्ठा देखाएर मिस नेपाल हुने हो भने त मान्छेको क्षमता र सिपको अर्थ के ?
कथित पूर्व मिस नेपालहरु कुन–कुन उच्च ओहदामा पुगेर कस्ता कस्ता सामाजिक काम गरिरहेका छन्, प्रतियोगिताका आयोजकहरुले बताइदिन सक्छन् कि ?


