शुसासन पत्रिका बिमोचन

भक्तपुर २६ बैशाख । (Mybhaktapur.com) गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरद्धारा प्रकाशित ‘शुसासन’ नामक पत्रिका आज बिमोचन गरिएको छ । गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव सर्मिला कार्कीले पत्रिकाको बिमोचन गर्दै गैरसरकारी संस्थाले देशको पूर्वाधार विकास, महिला सहभागिता र जनचेतना फैलाउने कार्यमा टेवा पुगेको बताउनुभयो । गैरसरकारी संस्थाहरु बिकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले वर्तमान समयमा राज्य संयन्त्र सञ्चालनमा शुसासन कायम गर्ने कार्यमा दवाव सिर्जना गर्ने अभियानमा यो संस्था क्रियाशिल रहेको बताउनुभयो । 

कार्यक्रममा संस्था भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति बालमुकुन्द सुवालले संगठनका रुपमा रहेको गैरसरकारी संस्था महासंघ भक्तपुरले आफ्ना गतिबिधी झल्काउने र सदस्य संस्थाहरुको विवरणका बारेमा जानकारी गराउने उद्देश्यले शुसासन पत्रिका प्रकाशित गरिएकोे बताउनुभयो । कार्यक्रममा गैसस काठमाडौं जिल्ला उपाध्यक्ष रञ्जु नापित, संस्थाका प्रकाशन एवम् प्रचारप्रसार बिभाग प्रमुख सोम शर्मा (बजगाईं) लगायतले बिमोचित पत्रिकाका बारेमा चर्चा गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>