गोर्खाका व्यवसायी भक्तपुरमा

 

भक्तपुर, २६ वैशाख(Mybhaktapur.com) । गोरखा उद्योग वाणिज्य संघका पदाधिकारीसहितका व्यवसायीहरु भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकनार्थ मंगलबार भक्तपुर पुगेका छन् । गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष भगतबाबु जोशीको नेतृत्वको आएको टोलीले भक्तपुर उद्योग वाणिज्य सँघको व्यवस्थापन तथा त्यसको सचिवालयबारे जानकारी लिएको थियो । नेपालमा रहेका उद्योग वाणिज्य संघमा भक्तपुर उद्योग वाणिज्य संघ आईएसओ गुणस्तर चिन्ह प्राप्त एकमात्रे संघ हो । गोर्खाली उद्योगी व्यवसायीहरुको स्वागतमा भक्तपुर उद्योग वाणिज्य संघले मंगलबार नै एक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा भक्तपुर उवासंघका अध्यक्ष मोहनप्रसाद ताम्राकारले संघले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी दिएका थिए । जिल्लाको आर्थिक विकासमा संघले सामाजिक उत्तरदायीपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ थियो । दुवै संघका प्रतिनिधिहरूबीच आपसी सहकार्य प्रगाढ बढाउनुका साथै दुईपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा समेत छलफल भएको कार्यक्रममा भक्तपुर उवासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकार तथा गोरखा उवासंघका पूर्वअध्यक्ष विनोदकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
 
 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>