छात्रबृत्ति, शैक्षिक सामाग्री र पदक वितरण

भक्तपुर १९ बैशाख (Mybhaktapur.com)। असाह्य शिक्षा सेवा केन्द्र भक्तपुरले जिल्लाका १० वटा विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई छात्रबृत्ति शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ । केन्द्रले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा सरकारी तथा नीजि विद्यालयमा अध्यनरत गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक  सामाग्री तथा छात्रबृत्ति प्रदान गरेको छ ।

जिल्लाका जेन्युन ईङ्लिस स्कूलका आठ जना, एभरेष्ट ईङ्लिस स्कूलका सात जना, माउण्ट एभरेष्ट ईङ्लिस स्कूलका १३ जना, श्रीपद्य उच्च माविका १९ जना, कन्या सहशिक्षा स्कूलका आठ जना, वागेश्वरी उच्च माविका २२ जना, शान्ति निकेतन मावि सिपाडोलको ३ जना, देवी उच्च माविको २ जना, वासु उच्च माविको उकजना र सारदा उच्च माविको एक जना गरि ८४ जना विद्यार्थीलाई सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई वार्षिक छात्रबृत्ति, पुस्तक, कापी, कलम, झोला र पोशाक वितरण गरेको थियो । त्यस अवसरमा स्वर्गीय हरिभक्त स्मृति पदक श्रीपद्य उच्च माविमा कक्षा १ मा अध्ययनरत उत्कृष्ठ विद्यार्थी रुवी सुवाल र माउण्ड एभरेष्ट स्कूलमा कक्षा चारमा अध्यनरत जुनु प्रजापतिलाई वितरण गरिएको थियो । पदक वितरण पछि कोल्दै परीक्षा नियन्त्रक डिल्ली रिमालले विद्यार्थीको जग विद्यालय भएकाले प्रत्येक विद्यालयले स्कूल तहदेखि नै गुणस्तरीय र असल शिक्षा दिन चुक्न नहुने बताउनुभयो । केन्द्रका अध्यक्ष रामबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परीक्षा नियन्त्रक दयामान कर्माचार्य, जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्री, कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी लगायतले नीजि स्तरबाट विद्यार्थीलाई यसरी छात्रबृत्ति, पदक तथा शैक्षिक सामाग्री वितरण गर्नु सह्रानिय भएको बताउनुभयो ।
 
 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>