आयोडम हर्बल साबुन बजारमा

भक्तपुर, २९ चैत ।(Mybhaktapur.Com) ससोन साबुन उद्योगले नेपाली जडिबुटी प्रयोग गरी बनाएको आयोडम हर्बल नुहाउने साबुन बजारमा ल्याएको छ । उद्योगले काठमाडौं उपत्यकाका करिब १२ हजार व्यक्तिमा प्रयोग गरे पछि साबुन बजारमा ल्याएको हो । उक्त साबुनको बिक्री वितरण गर्ने जिम्मा लिएको काठमाडौं कोटेश्वर स्थित रिन्छेन इन्टरनेशनल प्रालिले बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उक्त साबुन बजारमा ल्याएको घोषणा (लन्च) गरेको हो । रिन्छेनका प्रवन्ध निर्देशक दिवाकर नकर्मीले उक्त साबुन प्रयोगबाट छाला मुलायम, कपाल सिल्की र शरीरका कीटाणु नष्ट गरेको प्रमाणित भएपछि बजारमा

ल्याएको दावी गरे । ‘साबुन बजारमा ल्याउनुअघि हामीले काठमाडौं उपत्यकाका करिब १२ हजार व्यक्तिलाई प्रयोग गर्न लगाएका थियौं’, उनले भने, ‘आयोडम साबुन प्रयोग गरेर नुहाएका तिनीहरुको छाला मुलायम, कपाल सिल्की र शरीरका
कीटाणु नष्ट भएको प्रमाणित भएपछि बजारमा ल्याएका हौं ।’ उनले उक्त साबुनमा मेन्थोल, ल्यांगको तेल तथा चिउरीको घ्यू, ग्लिसिरि नलगायतका जडिबुटी प्रयोग गरिएको जानकारी दिए ।
 
आयोडम साबुन प्रयोग गरेर नुहाएको दोस्रो पटकमै छालाको समस्या, चायाँपोटो हटाउने प्रवन्ध निर्देशक नकर्मीले दावी गरे ।उनले जडिबुटी प्रयोग गरिएका उत्पादन महंगो हुन्छ भन्ने आम उपभो क्ताको गुनासोलाई ख्याल गर्दै उक्त साबुनको न्यून मूल्य राखिएको बताए । ८५ ग्राम तौल भएको एउटा साबुनको मूल्य पचास रुपैयाँ राखिएको छ। साबुनमा रहेको जडिबुटी गुण तथा सुगन्ध बचाउन मेटालिक ¥यापिंग गरिएको छ।
 
साबुनका प्रयोगकर्ता सत्यराज बुढाथोकीले उक्त साबुन प्रयोगले चायाँपोटो र छालाको समस्यामात्रै नहटाई शरीरलाई ताजगी, चुस्ती र तन्दुरुस्ती प्रदान गर ेको महसुस हुने बताए । उनका अनुसार उक्त साबुनको प्रयोगले अनुहारको डण्डिफोर हटाउँछ र कपाल झर्नसमेत रोक्छ । उद्योगले उपभोक्ताहरुको सुविधाको लागि मेडिकेटेड, होटल, लन्ड्री, झोल साबुन पनि उत्पादन गरी चाँडै बजारमा ल्याउन तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>