जनस्वास्थ्य कार्यालयको भवन निर्माण बिच मै अलपत्र, औषधि बाटो मै

भक्तपर १५ चैत्त । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय हाताभित्र निर्माण सुरु भएको स्टोर शाखाको भवन निर्माण कार्य बिच मै अलपत्र परेको छ । स्टोर शाखाको भवन निर्माण कार्य बिच मै रोकिएपछि जिल्ला भित्र रहेका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुमा पठाउनु पर्ने औषधिहरु समेत राख्ने ठाउँको अभाव हुदाँ समस्या परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयमा औषधि राख्ने ठाउँको अभाव भएपछि भवन भित्रको बाटो तथा कौसीमा समेत पालले टागेर औषधि राख्नु परेको छ ।सरकारको ५९ लाखको लागतमा शहरी विकास तथा भवन निर्माण विभागले निर्माण सुरु गरेको भवन गत कात्तिकसम्ममा निर्माण कार्य सिध्याएर हस्तान्तरण गर्नुपर्ने भएपनि हाल भवन निर्माण कार्य नै अलपत्र परेको छ ।कार्यालयको हाताभित्र निर्माण तीन कोठाको लामो भवन निर्माण सुरु भएको र भवनको गाह्रो उठाएपछि महिनौ देखि विच मै छोडिदिए पछि भवन अलपत्र परेको हो ।
 
जनस्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत अर्जुनकुमार अधिकारीले यसबारे भन्नुभयो‘ यो स्टोर शाखा भनेर निर्माण गरिएको हो, हामीलाई जानकारी आएसम्म गत कात्तिक मै यो भवन हस्तान्तरण गर्नुपर्ने हो तर खै किन हो भवन निर्माण पुरा नगरी बिच मै छाडिएको छ, यसबारे हामीलाई केही जानकारी दिएको छैन ।’स्टोर शाखाको भवन निर्माण अलपत्र पर्नाले औषधि राख्न धेरै समस्या परेको उहाँले बताउनुभयो । भवन निर्माणको सुरु मै लापर्वाही भएको र मापदण्ड अनुसार भवन निर्माण नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवनको पहिलो तह मै भत्काउन आदेश दिएपछि भत्काएर पुर्न निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>