पार्टीको आन्तरिक विवादले गर्दा संविधानसभामा हार खानुपरेको हो —एमाले नेतृ अर्याल

      

भक्तपुर १५ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उर्मिला अर्यालले एमाले पार्टीको आन्तरिक विवादले गर्दा संविधानसभामा हार खानुपरेको बताउनु भएको छ । एमाले भक्तपुर क्षेत्र नं. २ ले आज यहाँ आयोजना गरेको पार्टी सुदिृढिकरण तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले फागुन २१ गते खुल्ला मञ्चमा हुन लागेको एमालकोे बिशाल जनसभामा एमाले भित्र अब फुट नभई एकतामा रहेको सन्देश दिन लागेको बताउनुभयो । २१ गते विशाल जनप्रदर्शन गरेर एमालेको शक्ति प्रदर्शन गर्ने बताउदै उहाँले एमालेभित्र एकता भएकाले अब एमाले पहिलो शक्तिको रुपमा आउने दाबी गर्नुभयो ।

     
अब एमालेमा कुनै प्यानल नरहेको र मात्र सिंगो एमाले एक रहेको सन्देश गाउँसम्म पुरयाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । २१ गतेको प्रर्दशन एमालेका लागि अग्नि परीक्षा भएको बताउदै उहाँले यसमा एमालेका सबै शक्ति लगाईने बताउनुभयो । एमाले क्षेत्र नं. २ का अध्यक्ष अर्जुन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका जिल्ला सचिब राजेन्द्र राजथला, एमालेको राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निर्मलकुमार भटराई लगायतले एमालेले गाउँ स्तरसम्म रहेको गुप उपगुटलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>